२०८२, २१ पुस सोमबार

प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन् । आज (सोमबार) बिहान उनी चीनका लागि प्रस्थान गरेका हुन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी चीनको बेइजिङ जान लागेका हुन् । उनले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका छन् । भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसको साथै, ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

यस्तै, उनको पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने, बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । त्यस्तै, नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत रहने छन् ।

प्रकाशित मिति : २०८१, १७ मंसिर सोमबार  १ : ०३ बजे

प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना

काठमाडौं । सरकारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर

कांग्रेस-एमाले-नेकपाबीच राष्ट्रिय सभामा चुनावी तालमेलको अन्तिम तयारी

काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा

आरजु राणा देउवा भारत प्रस्थान

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा

भक्तपुरमा कन्चटमा गोली हानेर आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ राईटोलमा एक व्यक्तिले आफ्नै

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै