२०८२, १७ पुस बिहीबार

चिन भ्रमणवारे झलनाथको टिप्प्णीः चीनको अनुदानमा खुलेका उद्योग कौडीको मोलमा बेच्ने कांग्रेस बीआरआईको विरोध गर्दैछ

चिन भ्रमणवारे झलनाथको टिप्प्णीः चीनको अनुदानमा खुलेका उद्योग कौडीको मोलमा बेच्ने कांग्रेस बीआरआईको विरोध गर्दैछ


काठमाडौं: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको विषयमा कुनै विवाद गर्नुपर्ने कारण नै नभएको बताउनु भएको छ । चीन प्रस्थान गर्नु अघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीआरआई अहिलेसम्म १५३ मुलुकले सम्झौता गरिसकेको बताउनुभयो ।
अमेरिका र भारतले विरोध गरे बीआरआई गलत हो भन्न नसकेको जिकिर गर्दै उहाँले ‘कांग्रेसको विरोध चीनले कुनै प्रकारको लोन दियो भने, त्यो ऋण पासो हुन्छ भन्ने गरेका छन्। तर, यो देशमा भयो भनेर उदाहरण दिन सकेको छैनन्। त्यस्तो छँदा पनि छैन।’

उहाँले कांग्रेसलाई लक्षित गर्दै भन्नुभयो, ‘हामीले सधै भिख मागेर मात्रै काम गर्नुपर्छ भन्ने छैन। केही साथीहरु चाहिँ अहिले चीनबाट हामीले अनुदान मात्रै लिनुपर्छ भन्ने तर्क गर्दैछन्। तर, तीनै साथीहरु हिजो चीनले अनुदानमा दिएर नेपालमा निर्माण भएको उद्योग धन्दाहरु कौडीको मोलमा बेच्नेहरु तीनै हुन्। जो आज अनुदान मात्रै लिनुपर्छ भन्दैछन्। अनुदान लिएको कुरा चाहिँ बेचेर खाने अनि अरु अनुदान लिन लाज लाग्दैन।’

उहाँले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा आग्रह र पूर्वाग्रहबाहिर गएर राष्ट्रिय हितलाई ध्यानमा गएर बीआरआईबारे सम्झौता गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१, १५ मंसिर शनिबार  १२ : १० बजे

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास