२०८२, २९ पुस मंगलबार

मन्त्री गुप्ता र तिब्बतका कार्यकारी उपाध्यक्ष योङचिबीच भेटवार्ता

मन्त्री गुप्ता र तिब्बतका कार्यकारी उपाध्यक्ष योङचिबीच भेटवार्ता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङचिबीच भेटवार्ता भएको छ ।

नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन तिब्बती टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएका योङचिले शुक्रबार मन्त्री गुप्तासँग मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् । उपाध्यक्ष योङ्चिको साथमा नेपालका लागि चिनियाँ राजदूत चेन योङ समेत सहभागी थिए ।

भेटघाटको अवसरमा मन्त्री गुप्ताले नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएकाकामा बधाई ज्ञापन गर्दै चीन र नेपालबीच शताब्दियौँदेखि सम्बन्ध रहेको तथा चीन नेपालको असल मित्र र विकास साझेदार रहेको बताए ।

‘चीन नेपालको पुरानो विकास साझेदार हो । नेपालको विकासमा चीनले प्रदान गर्दै आएको सहायताको लागि म धन्यवाद दिन चाहान्छु,’ मन्त्री गुप्ताले भने, ‘चीनबाट प्राप्त सहयोगले नेपालको आर्थिक विकास गर्न, पूर्वाधार विकास गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार गर्न महत्वपूर्ण योगदान पुगेको छ ।’

उनले नेपाल एक चीन सिद्धान्तमा कटिबद्ध रहेको जानकारी दिँदै कुनै पनि रूपमा नेपाली भूमी चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, नेपालका निजामती कर्मचारीहरूको तालिमलगायत क्षमता विकासको कार्यक्रममा चीनले पु¥याएको सहयोगको उच्च प्रशंसा गरे ।

‘नेपाल र चीनबीच जनस्तरमा पनि राम्रो सम्बन्ध रहँदै आएको छ । चौथो सताब्धिदेखि नै हामी दुई देशबीच सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको छ,’ मन्त्री गुप्ताले भने, ‘चीनले नेपालको निजामती सेवा अस्पतालको स्थापना र स्तरोन्नतिका लागि गरेको निरन्तरको सहयोग र नेपालका निजामती कर्मचारीको विभिन्न तालिमलगायत क्षमता विकासको कार्यक्रममार्फत पु¥याएको सहयोगको हामी उच्च कदर गर्दछौँ ।’

यसैगरी, मन्त्री गुप्ताले चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारसँग नेपालको उत्तरी सीमा जोडिएको जिल्लाहरूको विकासका लागि आयोजना सहायता (प्रोजेक्ट एड्स) गर्नेसम्झौता (एमओयू अन प्रोजेक्ट एड टू नेपाल) भएकोमा पनि खुसी व्यक्त गरे । ‘एमओयू अन प्रोजेक्ट एड टू नेपाल’को कार्यान्वयन ढाँचा स्वीकृत भइ स्थानीय तहहरूबाट प्राप्त आयोजना प्रस्तावहरू अर्थ मन्त्रालयमार्फत चिनियाँ दूतावासमा पठाइसकिएको जानकारी उनले गराए ।

ती आयोजनाहरू अन्तर्गत सकेसम्म धेरै आयोजनाहरूको छनौट हुने र उक्त आयोजनाहरू चाँडै कार्यान्वयनमा जाने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री गुप्ताले त्यस्ता कार्यक्रमका लागि आफ्नो मन्त्रालयले समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सन् २०१९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीन भ्रमण र सोही वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङबाट भएको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्धले थप उचाइ पाएको चर्चा गर्दै मन्त्री गुप्ताले यस किसिमको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाउने विश्वास व्यक्त गरे । भविष्यमा पनि यस्तो भ्रमण हुनुपर्ने धारणा उनको छ ।

सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र त्यसपछि पनि चीनले नेपाललाई सहयोग जारी राख्न मन्त्री गुप्ताले उपाध्यक्ष योङ्चिलाई आग्रह गरे ।

भेटमा जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङचिले व्यस्तताकाबीच आफू नेतृत्वको टोलीलाई भेटघाटको समय उपलब्ध गराएको मन्त्री गुप्ताप्रति धन्यवाद व्यक्त गरे ।

उनले नेपाल र चीनको सम्बन्ध थप प्रगाढ हुँदै जाने मन्त्री गुप्ताको धारणामा सहमति जनाउँदै नेपालको एक चीन सिद्धान्त र प्रतिवद्धताका लागि धन्यवाद व्यक्त गरे ।

उपाध्यक्ष योङचिले पछिल्ला दशकहरूमा चीनले हासिल गरेको विकासबाट नेपाल समेत लाभान्वित भएको हेर्न चाहेको बताए ।

‘एमओयू अन प्रोजेक्ट एड टू नेपाल’को सफलतापूर्वक कार्यान्वयनमार्फत तिब्बतसँग सीमाना जोडिएको जिल्लाका बासिन्दाहरूको जीवनस्तर उकास्न मद्दत पुग्ने धारणा छ ।

चीनमा आएको १९५१ पछिको परिवर्तनले चीनको विकासमा ठूलो क्रान्ति आएको भन्नुहुँदै उहाँले विकासको सही बाटो भनेकै समाजवाद भएको चर्चा गरे । सन् २०३५ सम्म चीनले थप आधुनिक समाजको विकास गर्ने र तिब्बत पनि ती परिवर्तको भागीदार बन्ने भनाइ थियो ।

प्रकाशित मिति : २०८१, १४ मंसिर शुक्रबार  ९ : ४४ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३