२०८३, २८ आश्विन बिहीबार

सिंहदरबारमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

सिंहदरबारमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक


काठमाडौं । मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औं बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा राष्ट्रिय गौरवका आयोजना र आयोजनाहरुका विद्यमान समस्या, तिनका कारण र समाधानका उपायबारे छलफल गर्न विभिन्न १५ कार्यसूची राखिएका छन् ।

ती कार्यसूचीमा शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैँक, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दररेट, बाल सुधार गृह सञ्चालन तथा सडक बालबालिका मुक्त अभियान, सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारी भवन, समपूरक अनुदान, सोह्रौँ आयोजनाको कार्यान्वयन योजना, आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत महसुल सङ्कलन विनियमावली, अनिवार्या तथा निःशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नसिप, विपद् उत्थानशील पूर्वाधार निर्माण, विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापना रहेका छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकरीले समष्टीगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सङ्घीयतापछि चालु आर्थिक वर्षसम्मको आर्थिक सामाजिक प्रगति स्थिति, प्रदेशहरुको समष्टीगत आर्थिक अवस्था, चालु आर्थिक वर्षको प्रगति स्थिति, यसअघिका पछिल्ला तीन वटा विकास समस्या समाधान समितिका बैठकका निर्णयको कार्यान्वयन स्थितिलगायत विषयमा प्रस्तुतिकरण गरेका छन् ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रीगण, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सङ्घ र प्रदेश सरकारका सचिवहरुलगायत सहभागी छन् ।

प्रकाशित मिति : २०८१, ३० कार्तिक शुक्रबार  १ : १० बजे

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा