२०८३, २७ आश्विन बुधबार

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा बढी लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ४ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न सभाले ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकका अनुसार बोनस सेयरबापत ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ र नगद लाभांशबापत कर प्रयोजनका लागि ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ वितरण गरिनेछ। दुवै जोड्दा सेयरधनीले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश पाउनेछन्। सिटिजन्स बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ। बैंकको विगत २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। यद्यपि, यसपटकको ४ प्रतिशत लाभांश पछिल्ला पाँच आर्थिक वर्षमध्ये सबैभन्दा कम हो। पछिल्ला पाँच वर्षको तथ्यांकअनुसार बैंकले आर्थिक वर्ष २०७८/७९ मा ९ प्रतिशत, २०७९/८० मा ५.७९ प्रतिशत, २०८०/८१ मा ४.२१ प्रतिशत र २०८१/८२ मा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो। यसपटक बोनस सेयरलाई प्राथमिकता दिँदै नगद लाभांश भने ०.२० प्रतिशतमा सीमित गरिएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले सेयरधनीका सुझावलाई आत्मसात् गर्दै बैंकको कामकारबाही अघि बढाउने बताए। उनले संस्थागत सुशासन र नियामकीय अनुपालनलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारलाई समेत प्राथमिकता दिँदै आएको छ। फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड, युवालक्षित ‘जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सर लक्षित बचत खाता सञ्चालनमा ल्याएको छ।

हाल बैंकले ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २७ आश्विन बुधबार  ८ : ३७ बजे

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत, नैतिकता र योग्यतामाथि उठेका प्रश्नले रोकियो नियुक्ति

काठमाडौं । साउदी अरबका लागि नेपाली राजदूतमा प्रस्तावित गिरीबहादुर सुनारको

माछापुच्छ्रे बैंकको लाभांशमा बोनस र नगदको मिश्रण, शेयरधनीलाई ६ प्रतिशत

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट