२०८३, २७ आश्विन बुधबार

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण अनलाइनबाटै अद्यावधिक गर्न ‘कस्टमर ३६०’ डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।

नयाँ पोर्टलमार्फत ग्राहकले आफ्नो व्यक्तिगत विवरण जाँच तथा अद्यावधिक गर्न, बीमालेखसम्बन्धी जानकारी लिन र कम्पनीमा दर्ता भएका बीमा दाबीको अवस्था हेर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकलाई बीमासम्बन्धी सेवामा सहज पहुँच उपलब्ध गराउने र सेवा प्रवाहलाई छिटो, सरल तथा प्रभावकारी बनाउने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको हो।

ग्राहकले सूर्यज्योति लाइफको आधिकारिक वेबसाइट suryajyotilife.com मा गएर ‘कस्टमर ३६०’ विकल्पमा क्लिक गर्नुपर्नेछ। त्यसपछि कम्पनीमा दर्ता भएको मोबाइल नम्बर वा इमेल ठेगानामार्फत लगइन गर्न सकिनेछ।

पहिलोपटक लगइन गर्ने ग्राहकले ‘फरगेट पासवर्ड’ विकल्पबाट पासवर्ड सेट गर्न वा ओटीपी प्रयोग गरेर लगइन गर्न सक्नेछन्। लगइनपछि ‘केवाईसी डिटेल्स’ मा गएर आफ्नो विवरण जाँच गरी आवश्यक संशोधन गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना सबै ग्राहकलाई केवाईसी विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। विवरण अद्यावधिक गर्दा बीमासम्बन्धी सेवा तथा आवश्यक प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ। पोर्टल प्रयोग गर्दा समस्या आएमा ग्राहकले कम्पनीको इमेल, ह्वाट्सएप, फेसबुक, ल्यान्डलाइन वा नजिकको शाखा तथा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

सूर्यज्योति लाइफले ‘कस्टमर ३६०’ लाई एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास गर्दै ग्राहकको आवश्यकताअनुसार थप सेवा विस्तार गर्ने योजना बनाएको छ। कम्पनीले यसबाट बीमासम्बन्धी जानकारी तथा सेवा प्राप्त गर्ने प्रक्रिया थप सहज हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३, २७ आश्विन बुधबार  ८ : ४६ बजे

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत, नैतिकता र योग्यतामाथि उठेका प्रश्नले रोकियो नियुक्ति

काठमाडौं । साउदी अरबका लागि नेपाली राजदूतमा प्रस्तावित गिरीबहादुर सुनारको

माछापुच्छ्रे बैंकको लाभांशमा बोनस र नगदको मिश्रण, शेयरधनीलाई ६ प्रतिशत

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट