२०८२, २६ मंसिर शुक्रबार

पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुको ध्यानाकर्षण

पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुको ध्यानाकर्षण


काठमाडौं: विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ । विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।

विद्यालय तहमा अध्ययनरत ५६ लाख ७६ हजार भन्दा बढी विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य बनाएको भन्दै अनेरास्ववियुले गम्भीर हुन आग्रह गरेको छ । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा गएको टोलीले तत्काल पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन ध्यानाकर्षण गराएको छ ।

पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लाका ३५ हजार ६ सय ७४ भन्दा बढी विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर राज्यको लगानी माथि गम्भीर घात गरेको, अभिभावकका सपना कुल्चिने दुष्प्रयास गरेको र विद्यार्थीको भविष्यसँग खेलबाड गरेको अनेरास्ववियुले ठहर गरेको छ । ‘यसमा संलग्न जिम्मेवार, विषय समितिहरू, व्यक्तिहरू तथा संयन्त्रहरूको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको छ’, अनेरास्ववियुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । तत्काल पाठ्यपुस्तकमा भए, गरिएका कमजोरी सच्याउन र आवश्यक छानबिन गरी २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तक सच्याएर मात्रै प्रकाशित र वितरण गर्न अनेरास्ववियुले आग्रह गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रको यस प्रकारको लापरबाहीले सरकारी डकुमेन्ट प्रतिको विश्वास टुटेको अनेरास्ववियुले जनाएको छ । २०७८ सालको जनगणनाको अन्तिम नतिजा २०७९ चैत्र १० गते नै राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि कक्षा १० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्याङ्क राखिनु गलत भएको अनेरास्ववियुले जनाएको छ । यी लगायत पाठ्यपुस्तक धेरै त्रुटि भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । ‘गलत पुस्तक पढ्नु पनि विषपान सरह हो’, अनेरास्ववियुले भनेको छ । महानिर्देशक श्रेष्ठले पाठ्यपुस्तकका कमजोरी सच्याउने बताउनुभयो । उहाँले शैक्षिक सत्र २०८२ मा कमजोरी सच्याएर पुस्तक आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८१, २३ कार्तिक शुक्रबार  ८ : १४ बजे

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास