२०८३, २५ भाद्र शुक्रबार

दुई डीआईजी राणा र हैजु एआईजीमा बढुवा

दुई डीआईजी राणा र हैजु एआईजीमा बढुवा


काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जनपद र प्राविधिकतर्फका २ जना डीआईजीपीलाई एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार जनपदतर्फका डीआईजी किरण राणा सोही समूहतर्फको एआईजीपी पदमा बढुवा गरेर प्रदेश समन्वय विभागको प्रमुख पदमा पस्थापन भएको छ ।

यद्यपी एआईजीमा बढुवा भएकी राणा बिहीबारदेखि अनिवार्य अवकाशमा जाने भएकाले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेर एक दिन एआईजीपीको भूमिका निर्वाह गरेर बिदाइ हुनेछिन् ।

यस्तै, प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक डीआईजीपी सुन्दरप्रसाद हैजु सोही सेवा तथा समूहतर्फको एआईजीपीमा बढुवा भएर अस्पतालको निर्देशक पदमा पदस्थापन भएका छन् । यस अघि अस्पताल निर्देशको जिम्मेवारीमा रहेकी एआईजीपी आशा सिंह अनिवार्य अवकाशमा गएपछि अस्पताल निर्देशकको पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : २०८१, १३ कार्तिक मंगलबार  ९ : ०७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको