२०८२, २० असार शुक्रबार

दुई डीआईजी राणा र हैजु एआईजीमा बढुवा

दुई डीआईजी राणा र हैजु एआईजीमा बढुवा


काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जनपद र प्राविधिकतर्फका २ जना डीआईजीपीलाई एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार जनपदतर्फका डीआईजी किरण राणा सोही समूहतर्फको एआईजीपी पदमा बढुवा गरेर प्रदेश समन्वय विभागको प्रमुख पदमा पस्थापन भएको छ ।

यद्यपी एआईजीमा बढुवा भएकी राणा बिहीबारदेखि अनिवार्य अवकाशमा जाने भएकाले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेर एक दिन एआईजीपीको भूमिका निर्वाह गरेर बिदाइ हुनेछिन् ।

यस्तै, प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक डीआईजीपी सुन्दरप्रसाद हैजु सोही सेवा तथा समूहतर्फको एआईजीपीमा बढुवा भएर अस्पतालको निर्देशक पदमा पदस्थापन भएका छन् । यस अघि अस्पताल निर्देशको जिम्मेवारीमा रहेकी एआईजीपी आशा सिंह अनिवार्य अवकाशमा गएपछि अस्पताल निर्देशकको पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : २०८१, १३ कार्तिक मंगलबार  ९ : ०७ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको