२०८२, २७ फाल्गुन बिहीबार

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निरिक्षणपछि गरे सो पुल उद्घाटन


खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि आएको बाढी र पहिरोले सुनकोसी नदीको बेलिब्रिजमा यातायात सुचारु हुँदैछ । रोशी र सुनकोशी नदीले सिन्धुली रामेछाप जोड्ने पुल बगाएपछि झण्डै तीनसाता भन्दा बढी समयदेखि यातायात सम्पर्क टुटेको थियो भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निरिक्षणपछि सो पछि पुल उद्घाटन गरेर सञ्चालन गर्नुभएको छ ।
मन्थली नगरपालिकाले एक कार्यक्रमको आयोजनागरी मन्त्री दाहाल मार्फत सो पुलमा यातायात सुचारु गरेको हो । सो पुल तयार पार्न र भत्केको बिपी राजमार्ग क्षेत्रमा बैकल्पिक मार्ग खोलेर यातायात सञ्चालन एमालेका केन्द्रीय नेता देखी जिल्ला तहका नेताहरु लागि परेका थिए ।

भारवहन क्षमता जाँच सफलता पूर्वक सम्पन्न भएपछि बेलिब्रिजबाट यातायात सञ्चालन गर्न लागिएको हो । बाढीले सुनकोशीको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नु परेको थियो । बेलिब्रिज पुल एकतर्फी सञ्चालन हुनेछ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको भौतिक मन्त्रालयका अधिकारीहरुले बताएका थिए । मन्त्री दाहाल खुर्कोटबाट रामेछाप, दोलखा हुँदै काठमाडौ फर्कने तयारीमा हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१, ६ कार्तिक मंगलबार  १० : २९ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा