२०८३, २ बैशाख बिहीबार

खस्कियो दशैं बजार, उत्साहित छैनन् व्यापारी

खस्कियो दशैं बजार, उत्साहित छैनन् व्यापारी


काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन । दशैंको मुखमा अविरल बर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै ब्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ ।

बाढी पहिरोअघि दशैं बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने ब्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिएको छ ।

असनका व्यापारी लक्ष्मण भुषाल पहिलेको तुलनामा यसबर्ष व्यापारमा ह्वात्तै कमी आएको बताए । ‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढी पहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ । नेपालमा पैसा कमाउने बातावरण नै छैन् । देशसँग नै पुँजी छैन् । बिदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’उनले भने ।

काठमाडौं महानगरमा फुटपातका पसलहरु हटेका कारण पनि बजार खस्किएको व्यापारीहरुको भनाइ छ । ‘पहिले पहिले पसलका सामानहरु फुटपातका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन् । भीडभाड नै छैन । सामन डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ,’असनकै अर्का व्यापारीले भने ।

काठमाडौं उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले ब्यापार घटेको व्यापारीहरुको भनाइ छ । दशैं लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।

प्रमीला कार्की -नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८१, १८ आश्विन शुक्रबार  ७ : ०९ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको