२०८२, २ श्रावण शुक्रबार

खस्कियो दशैं बजार, उत्साहित छैनन् व्यापारी

खस्कियो दशैं बजार, उत्साहित छैनन् व्यापारी


काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन । दशैंको मुखमा अविरल बर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै ब्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ ।

बाढी पहिरोअघि दशैं बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने ब्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिएको छ ।

असनका व्यापारी लक्ष्मण भुषाल पहिलेको तुलनामा यसबर्ष व्यापारमा ह्वात्तै कमी आएको बताए । ‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढी पहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ । नेपालमा पैसा कमाउने बातावरण नै छैन् । देशसँग नै पुँजी छैन् । बिदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’उनले भने ।

काठमाडौं महानगरमा फुटपातका पसलहरु हटेका कारण पनि बजार खस्किएको व्यापारीहरुको भनाइ छ । ‘पहिले पहिले पसलका सामानहरु फुटपातका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन् । भीडभाड नै छैन । सामन डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ,’असनकै अर्का व्यापारीले भने ।

काठमाडौं उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले ब्यापार घटेको व्यापारीहरुको भनाइ छ । दशैं लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।

प्रमीला कार्की -नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८१, १८ आश्विन शुक्रबार  ७ : ०९ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै