२०८२, १६ पुस बुधबार

खस्कियो दशैं बजार, उत्साहित छैनन् व्यापारी

खस्कियो दशैं बजार, उत्साहित छैनन् व्यापारी


काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन । दशैंको मुखमा अविरल बर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै ब्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ ।

बाढी पहिरोअघि दशैं बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने ब्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिएको छ ।

असनका व्यापारी लक्ष्मण भुषाल पहिलेको तुलनामा यसबर्ष व्यापारमा ह्वात्तै कमी आएको बताए । ‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढी पहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ । नेपालमा पैसा कमाउने बातावरण नै छैन् । देशसँग नै पुँजी छैन् । बिदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’उनले भने ।

काठमाडौं महानगरमा फुटपातका पसलहरु हटेका कारण पनि बजार खस्किएको व्यापारीहरुको भनाइ छ । ‘पहिले पहिले पसलका सामानहरु फुटपातका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन् । भीडभाड नै छैन । सामन डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ,’असनकै अर्का व्यापारीले भने ।

काठमाडौं उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले ब्यापार घटेको व्यापारीहरुको भनाइ छ । दशैं लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।

प्रमीला कार्की -नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८१, १८ आश्विन शुक्रबार  ७ : ०९ बजे

प्रदेशका ५ सांसद र स्थानीय तहका ८ पदाधिकारीले भोट हाल्न नपाउने

काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पाँच

दलहरूले समानुपातिक बन्दसूचीमा हेरफेर गर्न सक्छन्, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले पेश गरेको समानुपातिक निर्वाचन

लिङदेनको नेतृत्व स्वीकार्दै कमल थापा राप्रपामा फिर्ता, ६ बुँदे सहमतिपत्रमा एकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा

मधेश प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिएका

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई

काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल