२०८३, १० कार्तिक मंगलबार

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत


काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको उच्चस्तरीय वार्ता कुनै ठोस उपलब्धिविना टुंगिएको छ। वार्तामा सहभागी अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले छलफल सहमतिमा पुग्न नसकेको पुष्टि गरेका हुन्। उनका अनुसार, सघन कूटनीतिक प्रयासका बाबजुद वार्ता निष्कर्षमा पुग्न सकेन।

भान्सले अमेरिकी पक्षले झण्डै एक दिनसम्म निरन्तर संवाद गर्दै आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रस्ताव’ प्रस्तुत गरेको दाबी गरे। तर उक्त प्रस्तावलाई इरानी पक्षले स्वीकार नगरेको उनले बताए। उनका अनुसार, वार्ता ‘सद्भावपूर्ण वातावरण’मा भए पनि दुवै पक्षबीच मूल विषयहरूमा सहमति जुट्न नसक्दा प्रक्रिया निष्कर्षविहीन बनेको हो।

यो घटनाले अमेरिका–इरान सम्बन्धमा तनाव यथावत रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : २०८२, २८ चैत्र आईतबार  ८ : ५६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा