२०८३, २० आश्विन बुधबार

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत


काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको उच्चस्तरीय वार्ता कुनै ठोस उपलब्धिविना टुंगिएको छ। वार्तामा सहभागी अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले छलफल सहमतिमा पुग्न नसकेको पुष्टि गरेका हुन्। उनका अनुसार, सघन कूटनीतिक प्रयासका बाबजुद वार्ता निष्कर्षमा पुग्न सकेन।

भान्सले अमेरिकी पक्षले झण्डै एक दिनसम्म निरन्तर संवाद गर्दै आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रस्ताव’ प्रस्तुत गरेको दाबी गरे। तर उक्त प्रस्तावलाई इरानी पक्षले स्वीकार नगरेको उनले बताए। उनका अनुसार, वार्ता ‘सद्भावपूर्ण वातावरण’मा भए पनि दुवै पक्षबीच मूल विषयहरूमा सहमति जुट्न नसक्दा प्रक्रिया निष्कर्षविहीन बनेको हो।

यो घटनाले अमेरिका–इरान सम्बन्धमा तनाव यथावत रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : २०८२, २८ चैत्र आईतबार  ८ : ५६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि