२०८३, १४ कार्तिक शनिबार

एमाले बागमतीद्धारा कार्यकर्तालाई नागरिकको जीवन रक्षामा लाग्न अपील

एमाले बागमतीद्धारा कार्यकर्तालाई नागरिकको जीवन रक्षामा लाग्न अपील


काठमाडौंनेकपा एमाले बागमती प्रदेशमा लगातारको वर्षाका कारणले आएको वाढी तथा पहिरोमा परेर जनधनको क्षति भएको प्रति दुःख व्यक्तगर्दै पार्टी कार्यकर्ताहरुलाई उद्धार तथा राहतमा लाग्न अपील गरेको छ ।
अविरल वर्षाका कारण बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएपछि एमाले प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले नदीको तटीय क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र जोखिममा परेकाहरुको उद्धार तथा राहतमा खटिन एमालेका तमामा पार्टी कार्यकर्ताहरुलाई अपील गर्नुभएको छ । प्रचार विभाग प्रमुख लामाले प्राकृतिक विपत्तीले उत्पन्न विषम परिस्थितिका कारण काठमाडौ लगायत अन्य स्थानमा राखिएका पार्टीका पूर्व निर्धारित कार्यक्रमहरु स्थगन गरिएको बताउनु भएको छ ।
प्राकृतिक विपत्तिबाट बच्ने एउटै उपाय भनेको सचेत रहने र जोखिम भएको ठाउँबाट सुरक्षित स्थानमा सर्ने हो र एक अर्कामा हातेमालो र सञ्चार गर्ने हो उहाँले अगाडि भन्नुभयो ।
उहाँले बाढी र पहिरोबाट वेपत्ता भएकाहरुको उद्धार तथा जीवन रक्षामा लाग्नु एमाले कार्यकर्ताको पहिलो काम भएको बताउँदै नेता लामाले विद्युत आपूर्ति र सञ्चार सम्पर्कलाई कायम राख्न सरकारी अधिकारीहरुको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ११ : १४ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा