२०८२, २० कार्तिक बुधबार

देशभर निरन्तर बर्षा, जनजीवन अस्तव्यस्तपाँच प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना

देशभर निरन्तर बर्षा, जनजीवन अस्तव्यस्तपाँच प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ । विभागले केही स्थानमा भारी तथा अति वर्षा तथा हावाहुरीको समेत सम्भावना रहेकाले ती क्षेत्रमा पहिरो जोखिम छ । साथै भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ८ : ०४ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज