२०८१, २९ आश्विन मंगलबार

सुरक्षण मुद्रण केन्द्र पूर्णरुपमा सञ्चालनमा ल्याउनेछौँ : सञ्चारमन्त्री गुरुङ

सुरक्षण मुद्रण केन्द्र पूर्णरुपमा सञ्चालनमा ल्याउनेछौँ : सञ्चारमन्त्री गुरुङ


काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) पूर्णरुपमा सञ्चालन गर्ने बताउनुभएको छ ।

उहाँले आज निर्माण एवं ब्यवस्थापनको चरण ठप्प अअव्सथामा रहेको उक्त प्रेसको अनुगमन निरीक्षणपछि सञ्चारकर्मीसँग आवश्यक बजेट ब्यवस्थापन गरी पूर्णरुपमा सञ्चालनमा ल्याउनेगरी योजना बनाउने बताउनुभएको हो ।
“मन्त्रालय अब प्रेस पूर्णरुपमा चल्नेगरी अघि बढ्नेछ, प्रेस सञ्चालन गर्न देखिएका विध्न–बाधा, तगारा जे जे छन् हटाउँदै अघि बढ्नेछौँ”, उहाँले भन्नुभयो । प्रेस उपकरण खरीदमा देखिएको विविधि समस्याबारे अख्तियारले अनुसन्धान भइरहेको विषयलाई छिट्टै टुङ्ग्याई अघि बढ्ने उहाँले बताउनुभयो । मन्त्री गुरुङले निर्माणाधीन गोदाम भवनलगायत अन्य निर्माणाधीन संरचना पूरा गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी छुट्टै बजेट ब्यवस्थापनमा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै मुलुकमा सुरु गरिएको सेक्युरिटी प्रेस निर्माणलाई निरन्तरता दिनुपर्छ, यसका लागि अर्थ मन्त्रालयसँगको समन्वयमा चालु आर्थिक बर्षमा केही र आउँदो आवमा नीति कार्यक्रम बनाएरै बजेट बिनियोजन गरी फुलफेजमा सञ्चालनमा ल्याइनेछ ।” उहाँले प्रेसमा रहेका मेशिनको संरक्षण गरी सञ्चालनार्थ जनशक्ति ब्यवस्थापन गर्ने बताउनुभयो ।

मन्त्री गुरुङले उक्त प्रेस पूर्णरुपमा सञ्चालनमा ल्याएपछि पहिलो चरणमा हुलाक टिकट, लेबल–स्टिकर, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमति पत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र छाप्नेग र दोस्रो चरणमा राहदानी र बैंकनोट छाप्नेगरी योजना बनाइने बताउनुभयो । “क्रमशः नेपालीका लागि आवश्यक छपाईसँग जोडिएका सबै छपाई यही गर्नुपर्छ”, उहाँले भन्नुभयो । सूचना–प्रविधि पार्क (आईटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई केही बर्षअघि केन्द्रमा परिणत गरिएको थियो । उक्त प्रेसको भौतिक निर्माणलगायत अन्य ब्यवस्थापनको काम बजेट अभावमा एक बर्षदेखि रोकिएको थियो । केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेपनि रङ्गरोगन र झ्याल–ढोका हाल्ने कामसमेत रोकिएको हो । केन्द्रमा आवश्यक गोदामघरलगायत पूर्वाधार निर्माण, उपकरण खरीद तथा भएका भवनको मर्मतसम्भारको काम हुँदै आएको थियो । ५० मिटर लम्बाई र २५ मिटर चौडाई क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाईका कागज, मसी तथा अन्य कच्चा पदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ ।

गत आर्थिक बर्षमा बजेट बिनियोजन नभएका कारण थप भौतिक निर्माणलगायत अन्य ब्यवस्थापनको काम रोकिएको हो ।
केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेशिनबाट अन्तःशुल्क स्टिकरको नमूना छपाई गरिएको थियो । हाल जडित दुई मेशिनबाट बाषर््िाक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिनेछ । अघिल्लो आर्थिक बर्षको रु ७३ करोड बजेटबाट उक्त मेसिन तथा केही सूचना–प्रविधिका सामग्री खरीद गरिएको हो । केन्द्रमा एक थान ‘डाई कटिङ मेशिन’ रहेको छ । अन्य तीन थान मेशिन जडानकार्य बाँकी रहेको जनाइएको छ ।
केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि पाँच बर्षअघि प्रारम्भिक बजेट विनियोजन भई आइटी पार्कमा प्रेसको काम सुरु गरिएको हो । प्रेसको काम थाल्न आर्थिक बर्ष २०७६÷०७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको सुरुवात गरिएको हो । केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो ।

पार्कभित्रै खानेपानीका लागि एक-एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङकी निर्माण, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण सम्पन्न भैसकेका छन् । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट बार्षिक रुपमा बाहिरिने रु १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि दुई सय प्राविधिकसहित करिव एक हजार जनशक्तिको आवश्यकता पर्ने जनाइएको छ ।

वि.सं. २०५७ सालमा निर्माण सुरु गरिएको उक्त आईटी पार्क निर्माण कार्य सम्पन्न भई ०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई वटा ठुला ब्यापारिक-प्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन थिए् । तत्कालीन समयमा दक्षिण एशियामै नमूना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । हाल एक कर्मचारीले प्रेस भवन रेखदेख गरेर बसेका छन् ।
रासस, राजकुमार पराजुली

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  ७ : २३ बजे

पूर्वमन्त्री प्रदीप कटुवाल भन्नुहुन्छः बिपी राजमार्गलाई थप व्यबस्थित गराउन भोलीबाट काम थालिने छ

सिन्धुलीः विपी राजमार्गमा दशैंको टिकाको अघिल्लो दिन खोलिएको ट्र्याकलाई भोलीबाट

विगतको बडादशैंहरु भन्दा यसबर्ष बढी चहलपहल देखियो काठमाडौं उपत्यका

काठमाडौं । वडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी

राष्ट्रपति रामचन्द्र पौडेलले दाजुको हातबाट लगाए टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट

बुबाको हातबाट दशैंको टीका ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको टीका लगाउनु भएको

बिहान ११:३६ को शुभ साइतमा लगाइँदैछ दसैंको टीका-जमरा

काठमाडौं । आज दशैंको मुख्य दिन विजया दशमी । यस