२०८३, २७ भाद्र आईतबार

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर


काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। सोमबार महराविरुद्ध भन्सार छलि गरेको र संगठित अपराधमा संलग्न रहेको अभियोगमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

सरकारी पक्षले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो तथा ३ वर्षभन्दा बढी कैद सजाय मागदाबी गरेको छ। महरामाथि २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लगाइएको छ।

उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। यसअघि पनि २०८० साल चैतमा महरालाई प्रहरीले नियन्त्रणमा लिई सो प्रकरणमा अनुसन्धान गरेको थियो। प्रहरीले यस घटनालाई सुन तस्करीको संगठित सञ्जालको हिस्सा मान्दै अनुसन्धान विस्तार गरिरहेको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ७ : ०२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।