२०८३, १२ कार्तिक बिहीबार

बालेन र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

बालेन र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी


सर्लाही । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध अनेरास्ववियु र युवा संघ सर्लाहीले संयुक्त रूपमा प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहित राज खडकाको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी बुझाएको हो । जाहेरी बुझाएपछि अध्यक्ष खडकाले भने, ‘हामीले औपचारिक रूपमा जाहेरी दर्ता गराएका छौं यदि कानुनी प्रक्रिया अघि बढेन भने न्यायिक मार्गबाट अगाडि बढ्नेछौं ।’ सो अवसरमा अनेरास्ववियुका केन्द्रीय सचिव समिम बाबु पठानले पछिल्ला घटनाहरूले संगठनको गम्भीर ध्यानाकर्षण गराएको बताए । उनका अनुसार कुनै पनि व्यक्तिको व्यक्तिगत हुंकारका आधारमा राज्यको संयन्त्र सञ्चालन हुन नहुने बताउँदै उनले भने, ‘विधिको शासन सबैभन्दा माथि हुनुपर्छ । सरकारी कार्यालयमा जबर्जस्ती प्रवेश गरी आदेश दिने प्रवृत्ति सह्य हुँदैन । दलीय राजनीति बाहिरको नाममा हुकुमी शासन चलाउनु स्वीकार्य होइन ।’

अनेरास्ववियु र युवा संघले दुवै नेताको पछिल्ला अभिव्यक्ति र क्रियाकलापले सरकारी संयन्त्रमाथि अवैधानिक हस्तक्षेप भएको आरोप लगाउँदै सोहीबारे कानुनी कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ७ : १८ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली