२०८२, ५ भाद्र शुक्रबार

सरकारले जितिया पर्वमा सार्वजनिक विदा दिनुपर्छ : ‘भड्किलो र छाडा तरिकाले जितियामनाउने चलनलाई निस्तेज गरौँ’

सरकारले जितिया पर्वमा सार्वजनिक विदा दिनुपर्छ : ‘भड्किलो र छाडा तरिकाले जितियामनाउने चलनलाई निस्तेज गरौँ’


सुशीलाचौधरी
अध्यक्ष ,थारु महिला समाज नेपाल उपत्यका समिति

यतिबेलाजितियापर्वको रौनकछ । मुख्यतःपुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाइरहेका छन् । काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरु पनि जितियामा रमाइरहेका छन् । उपत्यकामा २०६० सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाइरहेका छन् । उपत्यकामा थारु महिला समाज नेपाल लगायतका संघसंस्थाहरुले जितियाको धुमधाम तयारी गरिरहेका छन् । यसै सिलसिलामा थारु महिला समाज नेपाल उपत्यका समिति अध्यक्ष सुशीला चौधरीसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।


जितिया पर्व किन मनाइन्छ ? के छन् यसका धार्मिक तथा पौराणिक महत्वहरु ?

जितियापर्व एउटा आमाले आफ्नो सन्तानको दिर्घायूको कामना गर्नको लागि,अकाल मृत्युबाट बचाउन कामना गरि मनाइने पुरानो मान्यता छ । यस्तो मान्यता परम्परादेखि नै चलीआएको छ ।पौराणिक कालदेखि नै सुरु भएको हो यो पर्व खासमा विवाहित महिलाहरुले मनाउने गर्छन । आफ्नो सन्तानको दिर्घायूको काम नागरेर मनाइन्छ । माइती घरमा गएर गएर दर खाने चलनछ ।ठ्याक्कै हरितालिकातीज जस्तै पर्व हो यो । साथीसंगी, दिदीबहिनीहरुसँग रमाइलो गरिन्छ । आपसी मेलमिलाप, सद्भाव, भाषा संस्कृति जगाउनको लागि पनि यो पर्व मनाइन्छ । किनकी कालान्तरमा हाम्रा सन्तानलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।


पहिले मनाइने जितियापर्व र अहिले मनाइने जितियापर्वमा के –के फरक छ ?

पहिलाभन्दा जितियापर्व मनाउने चलन हिजोआज अलिक फरक छ । सानो छँदा चाडवाड आयो भने नयाँ लुगा लगाउने, मिठो मसिनो खाने चलन थियो । अहिले चाहीं पहिला जस्तो स्थिति छैन् । पुराना चलनहरु हराउन थालेका छन् । गाउँमा यो पर्वको भिन्नै रौनक छ र सहरमा आधुनिकीकरण हुनथालेको छ । आफ्नो इच्छा अनुसार बाँच्न पाएर वा स्वतन्त्रताका कारणले होला । जितियाका अवसरमा हामी पिनाले कपाल धुन्थ्यौं । सहरमा त्यो संभव छैन । कपालधुनको लागि खोलामा जान्थ्यौं । अहिले त सहरमा सम्भव हुँदेन् तर गाउँमा धारामागएर नुहाउछौं । अहिले त पर्वहरु महोत्सवका रुपमा आइसके । त्यसैले अहिले झन रमाइलो छ । तर परम्परा र रितीरिवाज भने जोगाउनुपर्ने बाध्यता छ ।


जितियापर्वमा कति दिन ब्रतबस्नुपर्छ ? महिलाहरुले नै कि जितिया मनाउनु परेको खास कारण ?

सप्तमीदेखि तीन दिन व्रतबस्ने चलन छ । कृष्ण पक्ष असोज महिनामा पर्छ कहिलेकाँही भदौमा पनि पर्छ । तर तिथि सप्तमी अष्टमी नवमी नै हो । सप्तमीमा नुहाएर बिहानपख दर खाने, देउतालाई ढोगेर पूजा गरेर दही चिउरा चढाउने र त्यो खाएर निराहार ब्रतबस्नुपर्छ । २४ घण्टा पानी नखाइकन ब्रतबस्नुपर्छ । ब्रतालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । दोस्रो दिनअर्थात अष्टमीका दिनब्रतालु महिलाहरु निराहार ब्रत बस्ने र त्यस दिनमहिलाहरु गाउँको एकै ठाउँमा जम्माभई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजनगाउने चलन छ । जितियाको अन्तिम तथा पारन (समापन)को दिन ब्रतालु महिलाहरु पुनःनदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।

जितियापर्वमा विशेषगरी खाने परिकार के के हुन्छन् ?

दहीर सख्खरको प्रसाद तयार गर्ने प्रचलन छ । ब्रत बस्दा पानी पनि खानमिल्दैनभनिन्थ्यो हिजोआज फलफुलखाने चलन बढेको छ । खानपान आफ्नो इच्छा अनुसार हो । विस्तारै परिवर्तन हुँदै पनि छ । स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो ।

जितियापर्वका के को पूजा गरिन्छ ?

जितियापर्वमा चिलअनि स्यालको पूजा गरिन्छ । किनभने चिलर स्याल साथीका रुपमा मानिन्छ । जितवहानको कथा सुनेर आएको हुनाले बालबच्चाको दिर्घायूको लागि ब्रतबसेका थिए भन्ने मान्यता छ । उनीहरुको कथा लामो छ ।
जितियापर्वको प्रसाद वितरणको तौरतरिका पनि फरक छ रे हो ?
यो पर्वको अलग्गै धार्मिक मान्यता र प्रचलन रहेकाले ठाउँ अनुसार पनि मनाउने तरिका फरक हुन सक्छ । तर विधि र तिथिचाहीं उहीहो । यो पर्व अन्य समुदायले पनि मनाउने गर्दछन । तराइमा धेरै समुदायले मनाउने गर्दछन् । भारतको विहारतिर पनि मनाउने गर्दछन । पौराणिक कथामा बिहारको प्रसंग पनि जोडिएको छ ।नेपालमा चाँही परम्परादेखि नै चल्दै आएको छ । बिहारमा छोराको लागि मात्र विधि गरिन्छ, पूजा पनि छोराको लागि गरिन्छ भन्ने छ । हाम्रोमा त सबै सन्तान बराबर हो भन्ने मान्यता छ ।हाम्रो समुदायमा त्यस्तो भेदभावहुदैँन् ।


पछिल्लो समय अन्य समुदायले सहरमा पनि जितियापर्व मनाउने चलन सुरु भएको छ । कस्तो सन्देश प्रवाह भइरहेको छ ?

सहरमा जितिया मनाउन पाउँदा धेरै जनाखुशी छन् ।किनभने पहिला पहिला गाँउमा हुन्थ्यो, धेरै मान्छे गाँउ जान पाउदैँनन् । पर्व सहरमा मनाउदा सबैजना एकै साथ मादुःखबिर्सिएर रमाउन पाउँछन् । कतिजनाले यस्तो समयमा गाउँ सम्झिने गर्छन् । सहरमा रहेका बच्चाहरुलाई पनि हाम्रो यस्तो संस्कृती, रितिरिवाज छ भनेर सिकाउन पाइएको छ । आफ्नो संस्कृतीको बारेमा बच्चै देखि थाहा पाउनु पनि पर्छ । यसको महत्वहाम्रा सन्तानहरुलाई बुझाउनुपर्ने बाध्यता छ । तर यो पर्वको महत्व राज्यले बुझे जस्तो लाग्दैन । किनभने दशैँमा विदा हुन्छ तर जितियामा हुदैँन् । हामीलाई सरकारले विदादिएको छैन् । महिलाहरु २४ घन्टा सम्मब्रत बस्ने भएकाले एकदमै समस्या हुन्छ । सकेसम्म सरकारले यो दिनविदादिने हो भने राम्रो हुन्थ्यो ।
तपाईले विदाको माग गर्नुभयो ।

तपाईंलाई के लाग्छ सरकारले यसलाई राष्ट्रिय पर्व घोषणा गर्ला ?

हामीले कोशिस गरिरहेका छौ । तर खासमा दिनुपर्ने हो । सबै चाडपर्वमा दिएको छ भने हाम्रो पर्वमा पनिदिनुपर्ने हो । थारु समुदायको सम्मानका लागि विदा दिनुपर्छ । जितियापर्व थारु समुदायले मात्र मनाउँछन्, राष्ट्रिय पर्व भनेर घोषणा गर्दा अन्य समुदायहरुलाई समस्या होला नि । पर्वको सबैले वा एकअर्काको मानेको राम्रो हो ।किनभने हामीले अरुको परम्परा पनि अपनाएका छौ । त्यसैगरी उहाँहरुले पनि बुझ्नुपर्छ । एकअर्कालाई नअपनाउँदा समाज र देश समृद्ध हुँदैन् । भेदभाव गरेर त हुदैँन् नि । सबै तिरबाट आवाज उठिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि पर्व मनाउन थालिएको छ । पर्व तीन दिन सम्म चल्ने र ब्रतको एक दिन मात्र विदा दिए पनि हुन्छ ।


यसपालीको जितियापर्वको तयारी कसरी गर्नुभयो ?

तयारी एक महिना अगाडिदेखि नै गरिरहेका छौं । हाम्रो संस्थाप्रति बहुसंख्यक समुदायको आशा र भरोसा भएकाले सामान्य तयारीले पुग्दैन ।ठूलो कार्यक्रमको आयोजना भइरहेको छ । जनसमुदायहरुसँग कार्यक्रमहुने भएकाले तयारी धेरै नै गर्नुपर्छ । हाम्रो संस्था खासमा महिलाहरुको हक, हित र अधिकारको लागि हो । महिलाहरुलाई सक्षम बनाउन, अगाडि बढाउनको लागि हो । विभिन्न सीपमूलक तालिमहरु दिने पनि गरेका छौं । महिलाहरुको लागि आत्म बलदिने खालको तालिमहरु पनिदिने गर्छौ । महिलाहरुलाई घरबाट बाहिर निकाल्ने वातावरण बनाउने काम पनि गर्छौ ।
जितियापर्व विवाहित महिलाले मात्र मनाउनको कारण के होला ?
जितियामा विवाहितले मात्र ब्रतबस्ने चलन छ । ब्रतआफ्नो सन्तानको लागि बस्ने हो । आफ्नो घरको सुख शान्तिर श्रीमानको दिर्घायूका लागि बस्ने हो । पौराणिक र धार्मिक मान्यता नै विवाहितहरुका लागि छ भनेर अध्येताहरुले भन्नुभएको छ ।
जितिया पर्वमा तीनदिनसम्म निराहर ब्रतबस्दा त शारीरिक समस्याहुँदैन र भन्या । जितियाको रहर र रमझमले गर्दा भोक लागेको पत्तो हुँदैन । हामी सँधै यहीपर्वको प्रतिक्षामा औंला गनिरहेका हुन्छौं । उत्साह र उमंगका कारण पनि ब्रत बस्ता वास्ता लाग्दैन । एउटा विश्वास र आस्थाका कारण पनि यसको ठूलो महत्व छ । आफ्नो बालबच्चा, घरपरिवारको खुसीको लागि ब्रत बस्न पाउँदा असहज हुँदैन । माइत जाने दिदीबहिनीहरुसँग भेट्ने अनि एक अर्कासँग सुख दुःख बाँड्ने पर्व पनि हो । त्यसैले ब्रतबस्दा असहज हुँदैन ।


जितियाको पुरानो चलन हराउँदै गयो भन्ने गुनासो छ, अब परम्परा कसरी जोगाउन सकिएला ?

पहिला साधारण तरिकाले मनाउने गरिन्थ्यो । अहिले अलिकती भड्किलो अवस्थामा आइपुगेको छ । समय अनुसार परिवर्तन हुँदै गइरहेको छ । सबै ठाउँमा एकनास हुँदैन ।सकेसम्म पौराणिक, थारुको मौलिकता झल्किने खालको पर्व मनाउनुपर्ने हुन्छ । पछिल्लो समय कार्यक्रम गरेर पनि यसलाई जोगाउनुपर्छ भनेर सन्देश दिनखो जिरहेका छौं । कार्यक्रम पनि एकदमै सभ्य र शिष्ट बनाउने गरेका छौं । संस्कृतिलाई जर्गेना गर्न पनि हामी कार्यक्रम गरिरहेका छौं । पहिला हजुरआमा, हजुर बुवाले लगाउने पहिरन, गहना अहिले धेरै मात्रामा हराइसकेका छन् । बालब च्चाहरुले संस्कृति, पहिरन भुल्छन् भनेर पुरानो गरगहना पहिरन लगाउने गरेका छौं । भड्किलो त हरेक कुरामा भएको नै छ तर गीतहरु पनि भड्किला खालका बजारमा आइरहेका हुन्छन् । तर हामी भड्किलो पर्व हुँदैन भनेर आफ्नो कला, संस्कृति जोगाउन कम्मर कसेर लागेका छौं ।

प्रकाशित मिति : २०८१, ९ आश्विन बुधबार  ७ : २४ बजे

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल निर्यात ११३० मेगावाट नाघ्यो

काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने सहमति

वाग्मती प्रदेश पूर्ण खोप घोषणा, प्रधानमन्त्री ओलीको सपना साकार भएको छ : मन्त्री थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रधानमन्त्री

नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक : सरकार परिवर्तन हल्ला असत्य

काठमाडौँ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक

पाथिभरा देवीको कृपाले यी तीन राशिहरूको चम्किनेछ भाग्य

नेपालको प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीलाई इच्छापूर्ति गर्ने देवीको रूपमा पूजा

संसदका दुवै सदनको बैठक आज, भूमि र नागरिकता विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज