२०८३, ७ कार्तिक शनिबार

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता


काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् । बाढीका कारण १ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् भने पहिरोका कारण १ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् ।

चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा चौपाया ९ वटा मरेका छन् भने करिब ३८ लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको अनुमान गरिएको छ ।

यस अवधिमा प्रहरी र उद्धार टोलीहरू गरी ४९८ जना परिचालित भएका छन् ।

प्रकाशित मिति : २०८२, २६ असार बिहीबार  ३ : ४५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना