२०८३, ३० आश्विन शनिबार

नवनिर्मित संसद भवनको निरीक्षणमा सभामुख, काम नसकिएकोमा चिन्ता

नवनिर्मित संसद भवनको निरीक्षणमा सभामुख, काम नसकिएकोमा चिन्ता


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण गरेका छन् ।

बिहीबार दिउँसो सभामुखले पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् । भवन अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले छिटो भवन निर्माणको काम सकाएर नयाँ भवनबाट संसदको कामहरु गर्ने तिव्र इच्छा भएपनि प्रतिकुलताका कारण निर्माण कामहरु गर्न एकदमै गार्हो भइरहेको बताए । उनले अब पूर्ण रुपमा भवन निर्माण सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने देखिएको चिन्ता व्यक्त गरे ।

उनले भने,‘छिटो सकाएर संसदको कामहरु भवनबाट छिटो गतिविध गर्न पाए हुन्थ्यो भन्ने इच्छा छ । तर प्रतिकुलताहरु धेरै भएको कारण निर्माणको जिम्मा लगाएको टिमहरुले कामहरु गर्न एकदमै गार्हो भइरहेको छ । काम गर्न लाग्दा लाग्दै पनि चाहिएको मेनपावरदेखि लिएर अन्य कुरा जुटाउन सकिरहनुभएको छैन् । चैत्र २० भनेको अब सात महिना छ । त्यस समयभित्र बाहिरको भौतिक पूर्वाधारसम्म बनाइए पनि व्यवहारिक रुपमा अझै डेढ वर्षभन्दा अगाडि कार्यक्रमहरु गर्न नसक्ने हो कि भन्ने चिन्ता छ ।’   

                                                         

प्रकाशित मिति : २०८१, २० भाद्र बिहीबार  ७ : ५६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा