२०८२, २९ पुस मंगलबार

डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन


काठमाडौं । क्रियाशील पत्रकार महिला संघ (डब्लुडब्लुजे)को अध्यक्षमा रामकला खड्का चयन भएकी छिन् ।

शनिबार काठमाडौँमा सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिता लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दिपा आले चयन भएका हुन् ।

यस्तैगरी सदस्यमा संगीता लामा तथा सदस्यहरूमा अमिला राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विक। रुपा खड्का, लक्ष्मी बस्नेत चयन भएका हुन्। साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी  थिइन् । उदघाटन सत्रको अध्यक्षता डब्लुडब्लुकेकी अध्यक्ष निर्मला आचार्यले गरेकी हुन् ।

समारोहमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासंघका प्रतिनिधि सृजना अर्याल, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा, सन्चारिका समुहकी अध्यक्ष विमला तुम्खेवालगायतको उपस्थित रहेको थियो।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  ३ : २९ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र