२०८३, २६ भाद्र शनिबार

काभ्रेमा फैंलँदै डेंङ्गी : नौ तहमा सङ्क्रमण

काभ्रेमा फैंलँदै डेंङ्गी : नौ तहमा सङ्क्रमण


काभ्रेपलाञ्चोक । डेढ महिनाको अवधिमा काभ्रेपलाञ्चोकको नौ स्थानीय तहमा डेंङ्गी सङ्क्रमण फैलिएको छ । शुक्रबार एकै दिन छ जनामा डेंङ्गी सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।

पछिल्लो २४ घण्टामा पनौती नगरपालिकामा दुई पुरुष र एक महिला बनेपा नपामा एक महिला तथा मण्डनदेउपुर नपा र भुम्ल गाउँपालिकामा १÷१ पुरुषमा डेंङ्गी सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षको डेढ महिनाको अवधिमा जिल्लाका ५७ मा डेंगु सङ्क्रमण देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सङक्रमितमध्ये २७ पुरुष र ३० महिला हुन् । “शुक्रबार एकै दिन छ जनामा डेंङ्गी सङ्क्रमण देखिएको छ, सचेतना कार्यक्रम बढाईंदै लैजान्छौँ, व्यक्ति आफैं पनि सचेत बन्नुपर्दछ”, श्रेष्ठले भन्नुभयो ।

बनेपा, पनौती र धुलिखेल नगरमा बढी सङ्क्रमित रहेका छन् । बनेपा र पनौतीमा १३÷१३ जना, धुलिखेलमा १२, भुम्लु गाउँपालिकामा आठ, नमोबुद्ध नगर र रोशी गाउँपालिकामा ३÷३, पाँचखाल र मण्डनदेउपुरमा २÷२ र तेमाल गाउँपालिकामा एक डेंङ्गी सङ्क्रमित रहेका हुन् ।

गत आअमा काभ्रेपलाञ्चोकमा चार सय ८७ जनामा डेंङ्गी सङ्क्रमण भएको थियो । सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि प्रत्येक शुक्रबार ‘दश बजे दश मिनेट’–‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

डेङ्गीको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । लामखुट्टेको टोकाईबाट डेंङ्गी रोग लाग्ने ब्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए विरामीको मृत्युसमेत हुने गर्दछ ।
रासस

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  ८ : २२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।