२०८२, ३१ भाद्र मंगलबार

मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा उर्जालाई लिन सकिने

मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा उर्जालाई लिन सकिने


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको उर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरुसँग छलफल कार्यक्रम गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलमा मन्त्री खड्काले मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा लिन सकिने उर्जा क्षेत्रको विकासको तिव्रताको गतिलाई पूर्णता दिनुपर्ने बताए । थन्केर बसेको ठूला आयोजनाहरुलाई अगाडि बढाउनुपर्ने आवश्यक रहेको भन्दै पूर्वमन्त्रीहरुसँग छलफल मन्त्रालयलाई मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘लक्ष्यहरु परिपूर्ती गर्न र विक्री गर्न आयस्रोतका हिसाबले पनि मुलुकको ठूलो आय स्रोतका रुपमा लैजान प्रशस्त कामहरु गर्नुपर्नेछ ।  चुनौति र अनुभव अब राज्यले लिनुपर्ने नीतिका लागि आवश्यक छ । ठूला आयोजनाहरु थन्केर बसेको अवस्था छ । यिनलाई अब अगाडि बढाउनुपर्ने आवश्यक छ । यहाँहरुको अनुभव पनि यो मन्त्रालयलाई मार्गदर्शन हुनेछ ।’

त्यस्तै पूर्वउर्जामन्त्री शक्ति बहादुर बस्नेतले जलासययुक्त आयोजनामा नगइ नहुने अवस्था रहेकाले यसका निजी क्षेत्रलाई ल्याउन आवश्यक रहेको बताए । आगामी १० वर्षसम्म १३ देखि १४ हजार आफैले उत्पादन गर्ने योजनाका लागि एउटा जलासययुक्त आयोजनामा जानुको विकल्प नरहेको र जलासययुक्त आयोजनामा लागतको हिसाबले आकर्षक नरहेको कारण यसमा राज्यले केही व्यवस्थापन गर्नुपर्छ,’ उनले भने,‘जलासययुक्र आयोजनामा नगइ हुँदैन । यसमा निजी क्षेत्र आएकै छैन् ।सुख्खा मौसममा आत्मनिर्भर हुने र आगामी १० वर्षसम्म १३ देखि १४ हजार आफैले उत्पादन गर्ने योजना हुनैपर्छ । त्यसको लागि एउटा जलासययुक्त आयोजनामा जानुको विकल्प छैन् ।’

त्यस्तै पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले योजनाहरु बनाउने तर निर्धारित समयमा सम्पन्न नहुँदा त्यसको लागत बढेर गएको भन्दै कसरी सम्पन्न गर्ने त्यसको बारेमा गम्भीरताकासाथ सोच्न आवश्यक रहेको बताए । जलस्रोतको विकासबाट नै देशको समृद्धि हुने भएकाले विद्युतको विकासमा ध्यान पूर्ण रुपले केन्द«त हुन जरुरी रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ४ : ५६ बजे

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सामूहिक शवयात्रा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका १० जना

पाथीभारा माताको दर्शन गरौ

पाथीभारा देवी मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रमुख

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक । मनसुनका कारण महिनौँदेखि रातको समयमा सवारी आवागमनमा रोक