२०८१, १ माघ मंगलबार

सिन्धुलीका जनप्रतिनिधी र मालपोत कर्मचारीको मिलेमतोमा सार्वजनिक भयो डरलाग्दो ‘कुर्थौली जग्गा काण्ड’ !

सिन्धुलीका जनप्रतिनिधी र मालपोत कर्मचारीको मिलेमतोमा सार्वजनिक भयो डरलाग्दो ‘कुर्थौली जग्गा काण्ड’ !


सिन्धुली:  सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधी र मालपोत कर्मचारीको मिलेमतोमा डरलाग्दो ‘कुर्थौली जग्गा काण्ड’ सार्वजनिक भएको छ ।
प्राप्त बिबरण अनुसार दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले लुली बुढी भनेर चिनिने सोही वडाकी मानकुमारी गोतामेको नाममा दर्ता कायम रहेको साविक कुर्थौली गाविस वडा नंं ९ ख कित्ता नंं २९ को १५ कठ्ठा १६ धुर २ पाई जग्गा नक्कली हकदार कायम गराई सो व्यक्ति मार्फत मालपोत कार्यालयबाट रजिष्ट्रेशन पारित गराई आफ्नो र आफ्नी श्रीमतीको नाममा कायम गराएका छन् ।
वडाध्यक्ष पौडेलले २०३७ साल चैत १४ मा मृत्यु नक्कली कागजात खडा गरेको तथ्य पनि खुलेको छ । स्थानीयका अनुसार गोतामेको मृत्यु २०४७ साल फागुनमा भएको बताएका छन् । विकास निर्माणमा समेत नाजायज फाइदा उठाउँदै आएका पौडेलले गोतामेको एकाघरको कोही पनि नभएकाले माइती पट्टीको भदैनि नाता पर्ने ( नक्कली आफन्त) धनकुमारी पहाडीलाई आर्थिक प्रलोभनमा पारेर जिल्ला मालपोत कार्यालय सिन्धुलीका केही कर्मचारीको मिलेमतोमा झण्डै १६ कठ्ठा जग्गा आफ्नो पोल्टामा ल्याउन वडाध्यक्ष पौडेल सफल भएको मालपोत कार्यालय सिन्धुलीमा रहेको कागजातबाट खुलेको छ ।
धनकुमारी पहाडीको नाममा नामसारी भई आएको सो जग्गा वडाध्यक्ष पौडेलकी श्रीमती कृष्णमायाँ पौडेलको नाममा कित्ता नं.४३६ कायमगरी ९ कठ्ठा र बाँकी कित्ता नं. ४३७ को सम्पुर्ण जग्गा आफ्नो नाममा रजिष्ट्रेशन गराएका थिए । मालपोत कार्यालयमा सो जग्गा सहज ढंगले पारित गराउन मालपोतकै कर्मचारीले सहयोगी भूमिका निर्वाह गरेका थिए । समाचार स्रोतका अनुसार सो जग्गा रजिष्ट्रेशन गराउन सहयोग गरेवापत लाखौं रुपैयाँ लिएको दाबी गरेको छ ।
नक्कली हकदार खडा गरेर वडाध्यक्षले ल्याएको कागजात र लिखतलाई कार्यान्वयन गराउन मूख्य भूमिका कर्मचारीलेनैं निर्वाह गरेको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ । झण्डै ६ महिना अगाडि अनिवार्य अबकाश पाएका अधिकृत गोविन्द कोइरालासमक्ष सो काम गराउन आएका वडाध्यक्ष पौडेलले निकै ठूलो प्रयत्न गरेका थिए । तर कोइरालाले सो जग्गा आधा आधा गर्ने हो भने काम गर्न सकिन्छ भनेपछि पौडेल पछाडि फर्किएका थिए ।
केही समयपछि कोइरालाले अनिवार्य अबकास पाउँछन् र उनी गएपछि सहजै काम गराउन सकिन्छ भन्ने सल्लाह वडाध्यक्ष पौडेलले पाएपछि सो काम थालिएको समाचार स्रोतले बताएको छ ।
गाउँमैं मिलाउन लबिङ !
राज्यले लगानी गरेर निर्माण सम्पन्न भएको दुधौली ५ सिन्धुलीमा रहेको सार्वजनिक कुलोलाई कांग्रेस कुलो भनेर नाम लेखाउन लगाएको दुधौली कांग्रेसका निर्वाचित वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले आफ्ना निकटस्थ नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र सम्वद्ध नेताहरुलाई हार गुहारगर्दै सो जग्गा विद्यालय वा अन्य सार्वजनिक प्रयोजनका लागि हुने हो भने फिर्ता गर्न सकिने भन्दै लबिङ गरिरहेको थाहा लागेको छ । कांग्रेस र एमाले सम्बद्ध टोली शुक्रवार साँझ दुधौंलीको वडा नंं १ मा बैठक बसेको थियो । बैठकले जग्गा प्रकरणलाई गाउँमैं मिलाउने विषयमा छलफल गरेको थाहा लागेको छ ।
जिल्ला मालपोत कार्यालय सिन्धुलीमा कार्यरत पौडेलको मतियारका रुपमा एक कर्मचारीले सघाएको र सो प्रकरणलाई जोडतोडले उठाउँदै आएकी स्थानीय महिला नेतृ कोपिला दाहाललाई यो कुरा गाउँमैं मिलाउनु पर्छ, तपाईले भनेजस्तो जग्गा फिर्ता पनि हुन्छ, यो घटनालाई धेरै नउचालौं भनेर डरलाग्दो ठगि प्रकरणलाई लुकाउने प्रपञ्चमा लागेको थाहा लागेको छ । पूर्व गाविस सचिवसमेत रहेर लामो समय काम गरेका ती कर्मचारीले स्थानीय स्तरबाट आएको हकवाला कायम भएको मुचुल्का सही भएको बताइरहेका छन् ।
मालपोतले दिएन लिखत !
मालपोत कार्यालय सिन्धुलीको ‘ग्रिन सिग्नल’ पाएका वडाध्यक्ष पौडेलले नक्कली हकवाला खडा गरेर शिफारिश साथ पठाएको कागजातलाई अगाडि बढाएको ‘कुर्थौली जग्गा काण्ड’लाई सेटिङमा लिखत पारित गराएको कागजात मागगर्दै २४ साउन २०८१ मा निवेदक खिलकुमारी दाहाल गइन् तर उनले माग गरेको कागजात उपलव्ध भएन । दाहालले लिएर गएको लिखत मागको निवेदननैं मालपोत कार्यालयले फिर्ता गरिदियो । मालपोत कार्यालय सिन्धुलीले माग गरेको कागजात नदिएपछि सो कार्यका विरुद्ध उहाँ अदालत जाने बताइन् । उनले आफ्नो गलत काम सार्वजनिक हुने डरले मालपोत कार्यालयका कर्मचारीले पटक पटक आफूलाई बहिनी तिम्रो माग पुरा हुन्छ, यसलाई धेरै हल्ला नगर्नु भनेको दाहालले बताइन् ।
मालपोतको सूचनामैं गोलमाल !
मालपोत कार्यालय सिन्धुलीका कार्यालय प्रमुख रोहित बिकले मिति २०८१ जेठ ३२ गते जारी हकदावी सम्बन्धी सूचनामा उलेल्लेख गरेको बिबरणनैं झुठो देखिएको छ । जिल्ला मालपोत कार्यालय सिन्धुलीले जारी गरेको ३५ दिने हकदावी सम्बन्धी सूचनामा जग्गाधनी मानकुमारी गोतामेको मृत्यु भएको मिति स्थानीय वासिन्दा र उनका नजिकका नातेदारले बताएको भन्दा भिन्न लेखिएको छ । जसले गोतामेको पालन पोषण गरे, काजक्रिया गरे उनको नाम कहीं कतै उल्लेखनगरी मालपोत कार्यालयले फुपुदिदी नाता कायम गराउँदै धनकुमारी पहाडी बाहेक मृतकको कोही पनि हकवाला वा नजिकका नातेदार नभएकोले उल्लेख गरेको छ ।
धनकुमारी पहाडीले मालपोत कार्यालय सिन्धुलीमा मिति २०८१ जेठ २८ गते लिखित निवेदन दर्ता गराएको र उक्त निवेदनको दर्ता नं. ५११३ रहेको मालपोत कार्यालयको दर्ता कितावमा उल्लेख गरिएको छ । सो सम्बन्धी कागजता खोज्ने प्रयास गर्दा माथिको आदेश नभई उपलब्ध गराउन नसकिने सोही फाँटका एक कर्मचारीले बताए ।
समाचार स्रोतका अनुसार निवेदक पहाडीलाई मालपोत कार्यालयमा वडाध्यक्ष जय बहादुर पौडेल स्वयंले लिएर आएको मालपोत कार्यालयकै एक कर्मचारी संझन्छन् । उनी भन्छन्ः त्यस बेला वडाध्यक्ष पौडेलको सक्रियता र तलमाथिको दौडधुपले सन्देह पैदा गराएको थियो, अहिले आएर सो कुरा पुष्टिभयो, ती कर्मचारीले नाम नबताउने सर्तमा भने । उनका अनुसार मालपोत कार्यालयले जारी गरेको सूचना पनि भूमिगत रुपमा प्रकाशन गरिएको थियो । यसरी गुपचुप बनाउँदै जारी गरिएको सूचनाको पत्रिका सञ्चालकले मोटो रकम लिएको थाहा लागेको छ । दुधौली नगरपालिका वडा नंं १ मा कार्यरत एक कर्मचारीले जग्गा सम्बन्धी मालपोत कार्यालयको कुनै पनि सूचना वडा कार्यालयमा टाँस गरिएको थिएन ।
अपराधमा संलग्नलाई जोगाउने प्रपञ्च !
कागजात नपाएपछि अदालत जाने तयारीका लागि कानूनी परामर्शकर्ताकहाँ पुग्नु भएकी खिलकुमारी दाहाल लगायतलाई अदालती प्रक्रियामा लैजानुको साटो केही सत्ता पषीय नेताहरुले ‘कुर्थौली जग्गा काण्ड’मा संलग्न वडाध्यक्ष र सो काण्डका सहयोगीका रुपमा देखिएका कर्मचारीलाई जोगाउन उदेश्यले ‘ यो विषयमा अदालत जानु पर्दैन, अख्तियार जानुपर्छ’ भन्दै थामथुम बनाएको थाहा लागेको छ । ‘हामीहरुलाई यता र उता घुमाउँदै संलग्नलाई उन्मुक्ति दिने प्रपञ्च रचिएको त होइन भन्ने सन्देश पैदा गराएको’ दाहालले बताइन् । सो घटनालाई नजिकबाट नियालेकाहरु राजनैतिक प्रभाव पहुँचका भरमा मिलाउने र जोगाउने खेल हुनसक्ने आँकलन गरिएको छ ।-

प्रकाशित मिति : २०८१, २७ श्रावण आईतबार  १० : ३८ बजे

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको