२०८२, २८ असार शनिबार

अब हुलाक सेवा प्रविधिमैत्री बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ

अब हुलाक सेवा प्रविधिमैत्री बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ


पोखरा। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्ने बताउनु भएको छ ।

पोखरास्थित हुलाक निर्देशनालयको आज निरीक्षणपछि मन्त्री गुरुङले पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनु भयो । मन्त्री गुरुङले हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेको जानकारी दिँदै यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो ।

दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘पुरानो ढर्राबाट अब हुलाक सेवा चल्नेवाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, विस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने योजनासहित काम अघि बढाइएको छ,’ सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘हुलाक सेवालाई समयसापेक्ष बनाउन कर्मचारी पनि प्रविधिमैत्री बन्न जरुरी छ ।’

प्रकाशित मिति : २०८१, २६ श्रावण शनिबार  ११ : ०१ बजे

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर