२०८३, १३ असार आईतबार

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ


काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा लैजान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने भएका छन् । चीन सरकारले औपचारिक रूपमा ट्रम्पलाई भ्रमणको निम्तो पठाएको छ भने, अमेरिकी पक्षले पनि भ्रमणको तयारी प्रारम्भ गरिसकेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “चीनबाट निम्तो आएको छ र ट्रम्प आफैँ भ्रमण गर्न इच्छुक हुनुहुन्छ। हामी अहिले उपयुक्त मिति खोज्ने प्रक्रियामा छौं। मलाई पक्का छ कि यो भ्रमण हुनेछ, किनभने दुबै नेताले यो भेटलाई प्राथमिकता दिएका छन् ।” ट्रम्पको सम्भावित चीन भ्रमणले दुई ठूला शक्तिशाली राष्ट्रहरूबीचको सम्बन्धलाई सहज बनाउन सहयोग पुर्‍याउने विश्लेषकहरूको अनुमान छ। पछिल्ला वर्षहरूमा चीन–अमेरिका सम्बन्ध व्यापार, प्रविधि र भू(राजनीतिक प्रतिस्पर्धाको कारण तनावपूर्ण बन्दै आएको छ। यस्ता परिस्थितिमा उच्चस्तरीय भेटघाटले संवादको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीचको सम्भावित भेटको चर्चा आसियान सम्मेलनका क्रममा उठेको हो, जहाँ अमेरिकी विदेशमन्त्री रुबिओ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको थियो । सो भेटमा दुवै देशबीचको सम्बन्ध सुधार, व्यापारिक सहकार्य, तथा क्षेत्रीय स्थिरता जस्ता विषयमा छलफल भएको जनाइएको छ । चीन भ्रमणका क्रममा ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। भ्रमणको मिति र कार्यतालिका केही दिनभित्रै सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

विशेषज्ञहरू भन्छन्, “यो भ्रमण केवल औपचारिकता मात्र होइन, दुई देशबीचको दूरि घटाउने अवसर पनि हो। यदि सहमति कायम भयो भने, यसले विश्व राजनीतिमा सकारात्मक संकेत दिन सक्छ ।”

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  १२ : ३२ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल