२०८३, २२ जेष्ठ शनिबार

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह


काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए ।

उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ । यसको सदुपयोग गर्नुपर्छ ।  हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ । भएको कुरा केही होईन र हुदैँ नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने । नेपालमा प्रशस्त सम्भावनाहरु छन् ।’

यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुदैँन् भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए । उनले भने, ‘अहिले नेपालमा केही हुदैँन्, भन्ने भ्रम फैलाउने दुस्प्रयास भईरहेको छ । तर तपाई हामीले हो नेपाल बनाउने, नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने, सुरुमै निराश भएर केही हुदैँन् भन्ने गलत भाष्य निर्माण भईरहेको छ । यसलाई पनि सबैले गलत साबित गर्नुपर्छ ।’ उनले सबै विद्यार्थीहरुलाई मेहेनतका साथ अगाढि बढ्न पनि आग्रह गरेका छन् । 

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ११ : ५८ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति