२०८३, २९ भाद्र मंगलबार

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित


काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित बन्न पुगेको छ । यस सडक खण्डमा आवातजावत गर्ने करिब १५ हजारभन्दा बढि सवारी साधनहरुलाई व्यवस्थापन गरेर निर्माण गर्न समस्या भईरहेको नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव प्रसाद ओझाले जानकारी दिएका छन् । यो सडक खण्डमा डाइभर्सन पनि नभएको र काठमाडौं जोड्ने सडक वीपि र कान्ति राजमार्गहरुले पनि सोचेको जस्तो सहयोग नगरेको हुदाँ सवारी चापका कारण सडक निर्माणको कामले तिव्रता लिन नसकेको उनको भनाई छ ।

‘हालको अवस्थामा निर्माण सामग्रीको समस्या प्रमुख छ भने दोस्रोमा करिब १५ हजारभन्दा बढि सवारी साधनहरुलाई व्यवस्थापन गरेर निर्माण गर्न पनि समस्या भईरहेको छ । यसको डाइभर्सन पनि नरहेको र काठमाडौं जोड्ने सडक वीपि राजमार्ग, कान्ति राजमार्गहरुले पनि हामीले सोचेको जस्तो सहयोग नगरेको हुदाँ सबै सवारी चाप यही सडकमा परेको छ,’ उनले भने ।

यस्तै, उनले दिनमा ८ घण्टा काम गर्ने समय पनि नपाएको भन्दै यसलाई समाधान गर्ने हो भने काम तिव्र रुपमा अगाडि बढ्ने बताए । उनले भने, ‘यसले गर्दा हामीले दैनिक ८ घण्टा काम गर्ने समय पनि पाइरहेका छैनौ । यसले गर्दा पनि सोचे अनुसार प्रगती गर्न सकेका छैनौ । काम गर्न पनि चुनौती भएको छ । यसको लागि हामीले सवारी धनी, जिल्ला प्रशासन र ट्राफिकहरुसँग समन्वय गरेर गाडीको चाप कम हुने समयमा निर्माण कार्यलाई तिव्रता दिने काममा लागेका छौ ।’ उनले अबको एक वर्षभित्र बाँकी २७ किलोमिटर पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेका पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  १२ : २० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक