२०८३, ७ आश्विन बिहीबार

अब हुलाक सेवा प्रविधिमैत्री बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ

अब हुलाक सेवा प्रविधिमैत्री बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ


पोखरा। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्ने बताउनु भएको छ ।

पोखरास्थित हुलाक निर्देशनालयको आज निरीक्षणपछि मन्त्री गुरुङले पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनु भयो । मन्त्री गुरुङले हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेको जानकारी दिँदै यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो ।

दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘पुरानो ढर्राबाट अब हुलाक सेवा चल्नेवाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, विस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने योजनासहित काम अघि बढाइएको छ,’ सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘हुलाक सेवालाई समयसापेक्ष बनाउन कर्मचारी पनि प्रविधिमैत्री बन्न जरुरी छ ।’

प्रकाशित मिति : २०८१, २६ श्रावण शनिबार  ११ : ०१ बजे

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय

मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापना जग्गाको निरीक्षण

नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा