२०८२, १३ चैत्र शनिबार

घरेलु रक्सीलाई मान्यता दिनुपर्नेमा जोड : इलाममा कोदोको महिमाबारे चर्चा

घरेलु रक्सीलाई मान्यता दिनुपर्नेमा जोड : इलाममा कोदोको महिमाबारे चर्चा


इलाम । यो कोदो रोप्ने समय हो । तर, इलामका अधिकासं किसानलाई कोदो रोप्ने चटारो छैन् । झन्डै दुई दशकअघि जस्तो प्राथमिकतामा राखेर कोदो खेती गर्ने चलन नै हराएको छ । चौथो कोदो दिवस साउन १५ को अवसरमा इलामको देउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको कोदो महिमा संवाद कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समूह महासंघका सस्थापक अध्यक्ष, खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बहुगुणी कोदोको प्रवद्र्धनमा सरकार र कृषक लाग्नुपर्ने बताए ।
कार्यक्रमलाई संवोधन गर्दै अधिकारीले मानव स्वास्थ्यका लागि समेत कोदो खेतीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै देउमाई नगरपालिकाकी उपप्रमुख पविमाया राईले गोदो खेती प्रवद्र्धनका लागि नगरपालिकाले कृषकहरुलाई सहयोग गर्ने बताइन् ।


कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको १४३२ क्षेत्रमा कोदो खेती हुन्छ भने त्यसबाट एक हजार सात सय ४७ मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ । इलामका दश स्थानीय तहमै कोदो खेती हुने गरेको छ । उत्पादन भने बार्षिक रुपमा ओरालो लागको छ । इलामका बजारमा भारतको कोदो पाइने गरेको महासंघका केन्द्रिय सदस्य विष्णु दुलालले बताए ।
कोदो खाने बानीको बिकास भएपनि सरकारले पर्याप्त ध्यान नदिएको कारण बहुगुणी कोदोले प्राथमिकता नपाएको राष्ट्रिय कृषक समूह महासंघकी पूर्वमहासचिव, कृषि प्रशिक्षक रिता बस्ताकोटी बताउँछिन् ।
कृषि निर्देशनालय कोशीका अनुसार काशी प्रदेशका चौध जिल्लामा कोदो खेती हुने गरेको छ । पहाडी जिल्ला मध्ये ओखलढुंगामा सबैभन्दा बढि ७७५१ ह्ेक्टरमा कोदो खेती हुने गरेको छ भने त्यस जिल्लामा १९ हजार ३७८ मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख टिकाराम बानियाँका अनुसार तीन बर्षको उत्पादन रेकड हेर्दा त्यस जिल्लामा कोदोको उत्पादन खास घटबढ देखिदैन । उनी भन्छन् ‘तर अब गाउँमा काम गर्ने मान्छे नै छैनन्, गाउँहरु जंगलमा परिणत हुदै गएका छन् ।’
कृषि निर्देशनालय कोशीका अनुसार प्रदेश भरमा ६५ हजार ३७२ हेक्टरमा कोदो खेती हुने गरेको छ । त्यसबाट १ लाख ८ हजार ३७५ मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ । यो करिब ५ अरब, २० करोड २० लाख बराबरको उत्पादन हो । तर यो बर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवद्र्धनका लागि विनियोन गर्दै आएको बजेट समेत कटौती गरेको छ ।
सरकारको वेवास्थामा परेसंगै कोदो बाली हेलामा परेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् । उनी भन्छन् ‘राष्ट्रिय अन्तर्राष्ट्रिय प्रयासहरूको प्रभाव स्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढीरहेको पाइन्छ तर बिडम्बना उत्पादन भने घटिरहेको छ ।’
संयोजक अधिकारीका अनुसार २०७३ सालबाट साना किसानहरूको संगठन राष्ट्रिय कृषक समूह महासंघ नेपालले सुरु गरेको प्रस्तावित कोदो दिवस लक्षित कार्यक्रमहरूको प्रभाव र संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदोजन्य बाली वर्षको रुपमा घोषणा गरेपश्चात नेपाल सरकारले पनि कोदोजन्य बालीहरूलाई प्राथमिकतामा राखेको पाइन्छ ।
यसैको फलस्वरूप कृषि मन्त्रालयले श्रावण १५ लाई औपचारिक रूपमै कोदोजन्य बाली दिवस घोषणा गर्ने प्रस्ताव तयारी गरिरहेको छ । उद्योग मन्त्रालयले कोदोको रक्सीलाइ कानुनी मान्यता दिइ प्रवर्द्धन गर्ने योजना अगाडि सारेको छ ।
महासंघकी कोशी प्रदेश अध्यक्ष कुसुम दहालले रैथाने वालीको संरक्षणमा तीन तहका सरकार सम्बेदनशील नभएको बताइन् ।
महासंघका देउमाई अध्यक्ष कृष्ण बरालको सभापतित्वमा भएको कार्यक्रममा महासंघका इलाम समन्वय समिति संयोजक राम मगर, इलाम नगर समिति अध्यक्ष कृष्ण बस्नेत, महासंघको पाँचथर जिल्ला समन्वय समिति अध्यक्ष हिमा अधिकारी लगायतले बन्तव्य राखेका थिए । कार्यक्रममा कृषक र सरोकारवालाको उल्लेख्य उपस्थिती रहेको थियो ।

भारतबाट ८५ करोडको कोदो आयात
पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०÷८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ ।
कार्यालयका अअनुसार आव २०७९÷८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो ।
कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रुपमा लिइन्छ । कोदोबाट ढिंडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ ।
संयोजक अधिकारी भन्छन् ‘खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो ।’ उनी भन्छन् ‘पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ ।’
कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्यायनले देखाएको छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइने विज्ञहरु बताउँछन् ।
सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । केटाकेटी, बुढाबुढी र सबैका लागि कोदोको रोटी र ढिंडो सजिलै पच्ने भएकाले यो स्वास्थ्यवद्र्धक पनि छ ।
कोदो सुख्खा सहन सक्ने बाली हो । नेपालमा वर्षाको पानीको भरमा यसको खेती गरिन्छ । यसको खेती समुन्द्रबाट ५ सयदेखि २४ सय मिटर उचाइसम्म गर्न सकिन्छ । नेपालमा पहाडी क्षेत्र, फाँट तथा टारहरु धेरै छन् । यी क्षेत्र कोदो खेतीका लागि उपयुक्त क्षेत्र हुन् । कोदोका विकसित जातहरू जस्तै ओख्ले कोदो १, डल्ले कोदो १, काब्रे कोदो १, काब्रे कोदो २ लगाएर बढी उत्पादन लिन सकिन्छ ।
धान, मकैजस्ता बालीहरू सिँचाई नभएको क्षेत्रमा राम्रोसँग उत्पादन हुन नसक्ने भएकाले त्यस्ता क्षेत्रमा कोदो खेती सजिलैसँग गर्न सकिन्छ । कम लागतमा उत्पादन हुन सक्ने र खाद्य सुरक्षाको दृष्टिकोणले विपन्न कृषकको लागि यो उपयुक्त महत्वपूर्ण बाली हो ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ११ : २५ बजे

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे गठन गरिएको कार्की आयोगको