२०८२, १९ कार्तिक मंगलबार

बहादुरसिंह लामाको राजनीतिक यात्रा गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

बहादुरसिंह लामाको राजनीतिक यात्रा गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म


हेटौंडा । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङ आज वागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।

लामा कांग्रेसबाट वागमतीको पहिलो मुख्यमन्त्री बनेका छन् । कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई संसदीय दलको निर्वाचनमा पराजित गरेसँगै उनलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिँदै आएको थियो । बुवा दीपबहादुर लामा र आमा पूर्णिमायाको कान्छो छोरा लामा २०२७ कात्तिक ८ मा नुवाकोटको तत्कालीन कार्की मनकामना गाविसको मानेमा जन्मिएका हुन् । उनको परिवारमा चार दाजुभाइ र चार दिदीबहिनी छन् । उनकी पत्नी, एक छोरा र एक छोरी छन् ।

परिवार नै राजनीतिमा सक्रिय भएका कारण सानै उमेरदेखि नै उनमा राजनीतिक चेतना थियो । उनी युवा अवस्थाबाटै समाजसेवा र राजनीतिमा सक्रिय थिए । हजुरबुबा राजनीतिमा सक्रिय रहेका कारण आफू कांग्रेसमा आबद्ध भएको उनले जानकारी दिए । उनले आफ्ना हजुरबुवा राजनीतिमा सक्रिय भएका कारण आफलाई पनि यहि क्षेत्रमा अगाडि बढ्न सहयोग मिलेको बताउँछन् । लामाले प्राथमिक शिक्षा गाउँकै विद्यालयबाट पूरा गरेको हुन् । विदुर नगरपालिका–७ स्थित चण्डेश्वरी माविबाट उनले एसएलसी उत्तीर्ण गरेका हुन् । काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका छन् ।

२०४३ सालदेखि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य भएका उनी सोही वर्ष शंकरदेव क्याम्पस इकाइ सदस्य बने । नेविसंघको नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै उनको राजनीतिक यात्रा अगाडि बढेको थियो । २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविसको अध्यक्ष पदमा लामा निर्वाचित भएका थिए ।

पार्टीको १३ र १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी हाल पनि केन्द्रीय सदस्य छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी नुवाकोट ३ मा पराजित भएका थिए । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी ९हालको नेकपा माओवादी केन्द्र० का महासचिव एवं चर्चित नेता स्व। पोष्टबहादुर बोगटीलाई भारी मतान्तरले पराजित गरेका थिए । २०७४ सालमा उनी प्रतिनिधिसभा सदस्य र २०७९ सालमा वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट लामाले प्रदेशसभामा निर्वाचित भएको पहिलो पटकमै ०७९ चैत २६ मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । सरकारमा रहँदा सन्तुलित बजेट ल्याएको भन्दै विपक्षीले पनि उनको प्रशंसा गरेका थिए । उनी निर्माण व्यवसायी पनि हुन् । उनको हिम्डुङ एण्ड थोकर निर्माण कम्पनी सेवा रहेको छ । यो ‘क’ वर्गको निर्माण कम्पनी हो । संविधानसभा, प्रतिनिधिसभा र प्रदेशसभामा हालसम्म आफूले गरेको असल अभ्यासलाई आफ्नो मुख्यमन्त्रीको कार्यकाल निरन्तरता दिने उनी सुनाउँछन् ।

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार  ९ : ५० बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई