२०८३, १३ आश्विन बुधबार

जसपाबाट जनताको परिकल्पना पुरा नहुने निश्चीत देखिएपछि सो पार्टी परित्याग गरेंः आरमान खॉ

जसपाबाट जनताको परिकल्पना पुरा नहुने निश्चीत देखिएपछि सो पार्टी परित्याग गरेंः आरमान खॉ


बिरगञ्जः कालिकामाई गाउपालिको जनता समाजवादी पार्टी नेपालका नेता आरमान खांले जसपा परित्याग गरेको जनाएका छन् । बुधवार खांले प्रेस विज्ञप्ती प्रकाशीत गरि जसपा परित्यागको घोषणा गरेका छन् । राजनैतिक रुपमा जसपा संग आबद्धभई कालिकामाई गांउपालिकाको विकाश र समाजिक रुपान्तरणको कार्यलाई अगाडी बढाउने परिकल्पना गरेको तर पछिल्ला समयमा जसपा नेपाल केन्द्र देखी स्थानिय तह समेतमा जनभावना विपरित कार्य गरिरहेको हुँँदा यस पार्टीबाट जनताको परिकल्पना पुरा नहुने निश्चीत देखिएको पछि यसपार्टी संग आजैको मितिबाट कुनै आबद्धता नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पार्टी आस्था विचार, विधि पद्धतीबाट चलने संस्था हो तर सत्तामा पुगेपछि त्यस्को वेवास्ता गर्दै आफनो स्वार्थ र मनोमानी ढंगले सतालाई प्रयोग गरेको हुँदा यसपार्टीबाट छुटिन बाध्य भएको आरमान खॉले जनाएका छन् ।
राजनैतिक समाजिक कर्म क्षेत्र कालिकामाई गाउपालिकामा पार्टीलार्ई बहुमतका साथ निर्वाचित गराउन अपार मेहनत गर्नु पर्यो तर सत्तामा पुगेपछि कालिकामाई गाउँपालिकाको जनअपेक्षालाई समेत वेवास्ता गर्दै हुकुमी शैलीमा विधीपद्धती समेतको ख्याल नगरि अराजनैतिक तवरबाट कार्यहरु भइरहेकोले आफु जसपा परित्याग गरेको र आउँदा दिनमा जनताको सल्लाह अनुसार नयाँ ढंगगले विधि र संगाठनिक रुपमा जनताको पक्षमा लागने प्रतिबद्ध रहेको खॉंले जनाएका छन् ।

प्रकाशित मिति : २०८१, ६ असार बुधबार  १० : १० बजे

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशन विवादले

देउवा समूहले छुट्टै महाधिवेशनको जानकारी निर्वाचन आयोगलाई दियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास