२०८२, २ माघ शुक्रबार

रुसभित्र आक्रमण गर्न अमेरिकी राष्ट्रपतिको अनुमति

रुसभित्र आक्रमण गर्न अमेरिकी राष्ट्रपतिको अनुमति


लामो समयको विदेश नीति परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र आक्रमण गर्न अधिकार दिएको छ । बेलायती समाचारपत्र डेली मेलका अनुसार रसियालै सेनाले रूसी सीमा नजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहर आक्रमण बढाएपछि बढ्दो तनावका बिच यो निर्णय लिएको दुई अमेरिकी अधिकारीहरूलाई उदृतगर्दै डेली मेलले यो समाचार प्रकाशन गरेको छ। युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको उनले बताए ।
“राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई युक्रेनले खार्किभमा रूसी सेनाहरूमाथि प्रतिआक्रमणका लागि आफुले आपूर्ति गरेको हतियारहरू प्रयोग गर्न सक्षम छ भनेर सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,” एक अमेरिकी अधिकारीले बताए ।
यो नीति अनुमति दिइएको क्षेत्र खार्किभमा कडाईका साथ सीमित रहेको अधिकारीले बताए । युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन् ।
हालैका हप्ताहरूमा बढिरहेको रूसी सेनाको प्रतिक्रियामा किएभले यो नीति परिवर्तनको लागि अनुरोध गरेको अधिकारीले पुष्टि गरेका छन् । युक्रेनी सेनाहरूलाई अब खार्किभबाट सीमापार रूसी सैन्य प्रतिष्ठान, गोला बारुद भण्डारण क्षेत्र र रसद केन्द्रहरूलाई लक्षित गर्ने अधिकार दिइएको छ ।
नीतिमा आएको परिवर्तनप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत युरोपेली नेताहरूले समर्थन जनाएका छन् । म्याक्रोले युक्रेनी क्षेत्रमा खतरा उत्पन्न गर्ने रुसभित्रका सैन्य स्थलहरूलाई युक्रेनले निष्क्रिय पार्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । चान्सलर स्कोल्जले म्याक्रोको भावनालाई प्रतिध्वनित गर्दै युक्रेनलाई अन्तर्राष्ट्रिय कानुनअनुसार र हतियार आपूर्ति गर्ने देशहरूले तय गरेको मापदण्डभित्र रही आफ्नो रक्षा गर्ने अधिकार रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१, २० जेष्ठ आईतबार  १० : १८ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति