२०८३, ३ आश्विन आईतबार

एमालेको एकल बहुमत बिना मधेसका नागरिकको उत्थान हुँदैन: उपाध्यक्ष विष्णु पौडेल

एमालेको एकल बहुमत बिना मधेसका नागरिकको उत्थान हुँदैन: उपाध्यक्ष विष्णु पौडेल


सर्लाहीः नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले बहुमत नल्याएसम्म देश नबन्ने बताउनुभएको छ ।

सर्लाहीको मलंगवामा पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले देश बनाउन मधेसका नागरिकको उत्थान हुनुपर्नेमा जोड दिनुभयो । देशको विकासमा एमालेले जति अन्य पार्टीले योगदान नगरेको खुलासा गर्नुभयो ।
‘राष्ट्रिय गौरवको योजनाका रुपमा महत्वपूर्ण योजना अगाडि सार्ने नेकपा एमाले मात्र हो,’ उनले भने, ‘यो पूरा गर्ने अभिभारा एमालेको हो । त्यसका लागि तपाईंहरुले ८४ को निर्वाचनमा एमालेलाई बहुमत दिएर विजयी गराउनुपर्छ।’ नेता पौडेलले ८४ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तालाई आह्वान गर्नुभयो ।

यस्तै, एमाले नेता तथा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मधेसका समस्या समाधानमा सरकार दत्तचित्त रहेको बताउनुभयो। मधेसका जनताको ठूलो समस्याको रुपमा रहेको कृषि, सिँचाइ, मिटरब्याजलगायत समस्यामा एमाले संवेदनशील रहेको उप्रेतीको भनाइ थियो।

प्रकाशित मिति : २०८१, ३० बैशाख आईतबार  ९ : ५२ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका