२०८२, ३ चैत्र बुधबार

महिलाले आफ्नो क्षमतालाई पार्टी र स्थानीय सत्ता सञ्चालनमा प्रयोग गर्नुपर्छः एमाले उपसचिव लामा

महिलाले आफ्नो क्षमतालाई पार्टी र स्थानीय सत्ता सञ्चालनमा प्रयोग गर्नुपर्छः एमाले उपसचिव लामा


सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले महिलाहरु पनि पार्टीको नेतृत्व गर्न सक्षम रहेकाले पार्टीमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।
एमाले सम्वद्ध अखिल नेपाल महिला संघ तीनपाटनको दोस्रो अधिवेशनलाई सम्वोधनगर्दै सो कुरा बताउनु भएको हो । अहिले महिलाले पार्टी नेतृत्व मात्रै होइन, स्थानीय सत्ताहरु पनि सञ्चालन गर्न सक्षम भएका कैयन उदाहरणहरु छन्, त्यसैले आफ्नो क्षमतालाई पार्टी र स्थानीय सत्ता सञ्चालन गर्न प्रयोग गर्नुर्ने उहाँले बताउनुभयो ।
नेता लामाले अहिले पनि समाजमा महिलामाथि भेदभाव र थिचोमिचो रहेको बताउँदै एमालेले मात्रै त्यसको समाधान गर्न सक्ने बताउनुभयो । उहाँले नेकपा एमाले निर्माणमा महिला र पुरुषको समान भूमिका रहेको बताउँदै महिलाले पनि अबसर खोज्ने बेला भएको उल्लेख गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो– महिलाहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मेयर, उपमेयर र पालिका अध्यक्षहरु बनेको बताउँदै यो अधिवेशनबाट धेरै, पार्वतीहरु, रस्मिलाहरु, मिथिलाहरु र मञ्जु देवकोटाहरु जन्मिन जरुरीछ ।
अहिले दलहरुबाट जनताका पक्षमा केही पनि कामहरु हुन सकेन, परिवर्तन हुन सकेन भनेर गलत प्रचार गरिंदैछ, बास्तमा त्यस्तो होइन, एमालेको नेतृत्वको सरकारका पालामा ठूला ठूला विकास निर्माणका कामहरु भएका छन् । भौतिक पूर्वाधार,स्वास्थ्य र शिक्षामा अहिले जति पनि प्रगति भएकोछ, त्यसलाई सकारात्मक ढंगले प्रचार नभएकाले केही व्यक्तिहरुले नकारात्मक प्रचार गरिरहेको बताउँदै नेता लामाले एमाले नेता कार्यकर्ताको त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
अखिल नेपाल महिला संघकी नेत मिथिला फुयाँलले संगठनलाई विधि र पद्धिति मार्फत सञ्चालन गर्दै आगामी २ वर्ष भित्र एउटा पालिकामा २ हजार महिलालाई सदस्यता वितरण गर्न जरुरी भएको बताउँदै संगठनलाई बलियो बनाएर लैजान आग्रह गर्नुभयो । उहाँले महिलालाई पार्टीले अगाडि सारेको विचारबाट प्रशिक्षितगर्दै कमिटीगत प्रणाली मार्फत गोलबन्द गरेर लैजाने हो भने पार्टीले लिएको मिसन ८४ को अभियान सफल हुने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले महिला लागयत जनसंगठनहरुलाई अनुशासित र एकतावद्ध बनाएरु अगाडि लैजाने बताउँदै पार्टीले अगाडि सारेको योजनालाई कार्यान्वयन गराउने सन्दर्भमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।
अनेमसंघ सिन्धुली जिल्ला इन्चार्ज पार्वती सुनुवारले अनेमसंघ तीनपाटन पालिका कमिटीको नव निर्वाचित टिमलाई बधाई ज्ञापनगर्दे शुभकामना दिनुभएको थियो भने नेतृ मिथिला फुयाँले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो । कार्यक्रममा नव निर्वार्चित कमिटीलाई एमाले बागमती प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल र रस्मिला देवकोटा, मञ्जु देवकोटाले शुभकामना दिनुभएको थियो । कार्यक्रममा एमाले नेताहरु छत्रवहादुर दाहाल, हेमवहादुर श्रेष्ठ, चुलवहादुर पुलामी, पदममायाँ तामाङ, रेखराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१, २२ बैशाख शनिबार  ९ : ५७ बजे

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी इजराइलको हमलामा

ट्रम्प प्रशासनमा युद्धविरोधी निर्देशक जो केन्टले दिए राजीनामा

न्यूयोर्क । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्ट ले

अमेरिकी विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता तयारीमा

काठमाडौँ ।  अमेरिका रेड सीमा तैनाथ युद्धपोत (जेराल्ड फोर्ड) नजिकैको

रास्वपाका नवनिर्वाचित सांसदलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नवनिर्वाचित सांसदहरूको लागि जारी

नवनिर्वाचित सांसदको शपथ १२ गते, प्रतिनिधिसभाको बैठक १५ गतेपछि

काठमाडौं। निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते