२०८१, ७ फाल्गुन बुधबार

एमालेको १२ करोड हिसाब-किताब, कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख

एमालेको १२ करोड हिसाब-किताब, कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख


काठमाडौं: सत्ता साझेदार प्रमुख दल नेकपा एमालेसँग १२ करोड ६९ लाख ७ हजार ७१८ रकम मौज्दात रहेको छ । आज सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेलले पेस गरेको प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा बैंक तथा नगद मौज्दात १२ करोड ६९ लाख ७ हजार ७१८ रुपैयाँ रहेको हो ।

त्यस्तै २०८० असार मसान्तसम्ममा स्थिर तथा अन्य सम्पत्ति (भवन निर्माणसमेत) ५ करोड ९२ लाख ५४ हजार ३८ रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैमध्ये विभिन्न कोषहरूमा देखिएको एकमुष्ट रकम ५ करोड १३ लाख २२ हजार ८४८ मध्ये कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख ३० हजार ५६७ र अन्य कोषतर्फ ३ करोड ७७ लाख ९२ हजार २८१ रुपैयाँ देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा कुल आम्दानी २२ करोड ८० लाख ४ हजार ६९१, कुल खर्च २१ करोड ६५ हजार ७७६ र खर्चभन्दा बढी आम्दानी १ करोड ७९ लाख ३८ हजार ९१५ रहेको उल्लेख छ ।

चालू आर्थिक वर्षमा आम्दानी र खर्च धेरै हुनुमा विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन हुनु तथा त्यसको सन्दर्भमा सदस्यता शुल्क र लेबी उठ्नु हो, जसमा सदस्यता शुल्क ६ करोड ८५ लाख ६३७ र लेबी १२ करोड २६ लाख २५ हजार २०१ रुपैयाँ रहेका थिए । विधान अधिवेशन खर्च ४ करोड ६३ लाख ६५ हजार ९९५ र दशौं महाधिवेशन खर्च ११ करोड ७ लाख १० हजार ९८८ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा कुल आम्दानी ८ करोड ९७ लाख २२ हजार ०६५, कुल खर्च ११ करोड ६० लाख ७ हजार ५८ भई आम्दानीभन्दा बढी खर्च २ करोड ६२ लाख ८४ हजार ९९२ देखाइएको छ । आर्थिक वर्ष २०७९/८० मा पार्टीको खर्च आम्दानीभन्दा बढी हुनुमा संघीय र प्रदेश निर्वाचनमा ३ करोड ९४ लाख ४८ हजार ८०६ रुपैयाँ रहेको जनाइएको छ ।

पार्टीले निर्वाचनको लागि भनेर छुट्टै रकम कतैबाट नउठाएको प्रतिवेदनमा उल्लेख छ । ७० जिल्लामा भवन रहेको एमालेका प्रदेश कमिटी भने घाटामा देखिन्छन् ।

प्रकाशित मिति : २०८१, ८ बैशाख शनिबार  ९ : १६ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले