२०८२, १४ चैत्र आईतबार

एमालेको १२ करोड हिसाब-किताब, कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख

एमालेको १२ करोड हिसाब-किताब, कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख


काठमाडौं: सत्ता साझेदार प्रमुख दल नेकपा एमालेसँग १२ करोड ६९ लाख ७ हजार ७१८ रकम मौज्दात रहेको छ । आज सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेलले पेस गरेको प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा बैंक तथा नगद मौज्दात १२ करोड ६९ लाख ७ हजार ७१८ रुपैयाँ रहेको हो ।

त्यस्तै २०८० असार मसान्तसम्ममा स्थिर तथा अन्य सम्पत्ति (भवन निर्माणसमेत) ५ करोड ९२ लाख ५४ हजार ३८ रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैमध्ये विभिन्न कोषहरूमा देखिएको एकमुष्ट रकम ५ करोड १३ लाख २२ हजार ८४८ मध्ये कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख ३० हजार ५६७ र अन्य कोषतर्फ ३ करोड ७७ लाख ९२ हजार २८१ रुपैयाँ देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा कुल आम्दानी २२ करोड ८० लाख ४ हजार ६९१, कुल खर्च २१ करोड ६५ हजार ७७६ र खर्चभन्दा बढी आम्दानी १ करोड ७९ लाख ३८ हजार ९१५ रहेको उल्लेख छ ।

चालू आर्थिक वर्षमा आम्दानी र खर्च धेरै हुनुमा विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन हुनु तथा त्यसको सन्दर्भमा सदस्यता शुल्क र लेबी उठ्नु हो, जसमा सदस्यता शुल्क ६ करोड ८५ लाख ६३७ र लेबी १२ करोड २६ लाख २५ हजार २०१ रुपैयाँ रहेका थिए । विधान अधिवेशन खर्च ४ करोड ६३ लाख ६५ हजार ९९५ र दशौं महाधिवेशन खर्च ११ करोड ७ लाख १० हजार ९८८ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा कुल आम्दानी ८ करोड ९७ लाख २२ हजार ०६५, कुल खर्च ११ करोड ६० लाख ७ हजार ५८ भई आम्दानीभन्दा बढी खर्च २ करोड ६२ लाख ८४ हजार ९९२ देखाइएको छ । आर्थिक वर्ष २०७९/८० मा पार्टीको खर्च आम्दानीभन्दा बढी हुनुमा संघीय र प्रदेश निर्वाचनमा ३ करोड ९४ लाख ४८ हजार ८०६ रुपैयाँ रहेको जनाइएको छ ।

पार्टीले निर्वाचनको लागि भनेर छुट्टै रकम कतैबाट नउठाएको प्रतिवेदनमा उल्लेख छ । ७० जिल्लामा भवन रहेको एमालेका प्रदेश कमिटी भने घाटामा देखिन्छन् ।

प्रकाशित मिति : २०८१, ८ बैशाख शनिबार  ९ : १६ बजे

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि