२०८२, २० कार्तिक बुधबार

नेकपा एमाले झापाको ११औं अधिवेशन, आज उम्मेदवारी दर्ता, भोलि मतदान हुने

नेकपा एमाले झापाको ११औं अधिवेशन, आज उम्मेदवारी दर्ता, भोलि मतदान हुने


झापा । बिहीवारदेखि शुरु भएको नेकपा एमाले झापाको ११औं अधिवेशनकाे नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रिया आज सुरु हुने भएको छ। निर्वाचन कमिटीका अनुसार शनिवार बिहान ९ देखि १० बजेसम्म उम्मेद्वारको दरखास्त फाराम वितरण, साढे १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता, ४ बजे उम्मेद्वारको प्रारम्भिक सूची प्रकाशन, ५ बजेसम्म विरोधमा उजुरी दिन पाइने, ६ बजे उम्मेद्वारको पुनः सूची प्रकाशन, बेलुका साढे ८ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन पाउने र बेलुकी ९ बजे उम्मेद्वारको फाइनल सूची प्रकाशित गरिने छ ।

आइतवार बिहान ७ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको छ भने मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ। मतदान स्थल अग्रेसन भवनमै रहने र मतगणना भने जिल्ला पार्टी कार्यालयमा हुने जनाएको छ ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार विर्तामोडको अग्रसेन भवनमा ११औं जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

अध्यक्षका आकांक्षी को को ?

जिल्ला अध्यक्षका लागि दुईजनाले आकांक्षा देखाएका छन्। अहिलेको कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेलले दाबी गर्नुभएको छ। तर नेतृत्वले सर्वसम्मत नेतृत्व छनौटको तयारी गरेको छ। तर दुवै जना अध्यक्षबाट ब्याक हुने अवस्था नरहेकाले निर्वाचन कमिटीले भने निर्वाचनको तयारी गरेको छ ।

सचिवमा भने तुलसी कार्की र बोधप्रसाद घिमिरेले आकाक्षी छन् ?

उपसचिवमा भने टीकाराम मग्राती र खगेन्द्र नेपालले आकांक्षा देखाएका छन् । महिला उप सचिवमा भने देवीमाया भट्टराई, मिना विश्वकर्मा र अनिता कन्दंगवा आकाङ्क्षी छन् ।

प्रकाशित मिति : २०८०, १७ चैत्र शनिबार  ३ : ०३ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज