२०८२, ३ फाल्गुन आईतबार

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै, कुनको कार्यसूची के ?

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै, कुनको कार्यसूची के ?


काठमाडौं । पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । संघीय संसदका पाँच वटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजेदेखि सुरू हुनेछन् ।

अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने आर्थिक समितिको बैठकमा आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त ९कर प्रस्ताव बाहेक० सम्बन्धमा अर्थ मन्त्री वर्षमान पुनसँग छलफल हुनेछ । बैठकमा कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बाल सुधार गृहमा रहेका बालबालिका र कैद भुक्तान गरिरहेका व्यक्तिको मानवअधिकारको अवस्था र केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।

साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मन्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक ११ बजे बस्नेछ । समितिको कार्यक्षेत्र र कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ८ चैत्र बिहीबार  ७ : २८ बजे

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं.

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव