२०८२, १७ पुस बिहीबार

अध्यक्ष ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा काँग्रेस छाती पिटेर रुदैछ

अध्यक्ष ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा काँग्रेस छाती पिटेर रुदैछ


धनगढी। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेकोबताउनु भएको छ ।

प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । ‘रवी लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले आफु प्रधानमन्त्री भएको बेला शेर बहादुर तामाङ र गोकुल बास्कोटाको प्रसंग उल्लेख थप्नुभयो, ‘मैले बोलाई चिप्लेकै कारण शेर बहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झण्डा हल्लाउदै अख्तियार गएका थिए, सबैले देखेको होईन, अनी अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?’

उहाँले काँग्रेसले सरकार छोडनुपरेको पिडामा छाति पिटिरहेको ब्यंग्यसमेत गर्नुभयो । ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पिडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाति पिटेर रुदै के भन्छ ? त्यसलाई धेरै महत्व दिईराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरुले राखेका जिज्ञासामा कानूनअनुसार हूने बताउनु भयो ।’‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन । माओवादीका नेता पक्राउ पर्दैनन तर अनुसन्धानभीत्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर पहिला नै राखेको अडान अहिले पुस्टि भएको बताउनु भयो । ‘त्यतीबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर काँग्रेसले २ महिला ढिलो गरिदियो’अध्यक्ष ओलीले भन्नुभयो ।

एक अर्को प्रशंगमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्डनै प्रधानमन्त्री हुने संकेत गर्नुभयो । पत्रकारहरुको जिज्ञासामा ओलीले भन्नुभयो, ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन, अरु कोई तयार भएको छैन । उहाँले (प्रचण्ड)ले नै खानुहोला जस्तो पो देखिएको छ त।’

नयाँ गठबन्धनलाई बाग्मती, गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ । प्रदेशको भागबण्डा र यी तीन प्रदेशको समिकरण बारे पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा ओलीले भन्नुभयो, ‘अहिले त्यस बारेमा म केही नभनौं । किनकी मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुदैन ।’

प्रकाशित मिति : २०८०, ६ चैत्र मंगलबार  १२ : ३२ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण