२०८२, १९ चैत्र शुक्रबार

महरा पक्राउपछि गगनको सरकारलाई धन्यवाद, एमालेको माग सहि रहेछ

महरा पक्राउपछि गगनको सरकारलाई धन्यवाद, एमालेको माग सहि रहेछ


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन काण्डमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि सरकारलाई धन्यवाद दिएको छ । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुन काण्डमा मुछिएकाहरू कसैलाई पनि छाड्न नहुने बताएका हुन् ।

महामन्त्री थापाले तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा कुरा नउठाएको भए सुन काण्ड फासफुस हुने देखिएको टिप्पणी गरेका छन् । उनले भने, ‘सुन काण्डमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । आयोगले किटान गरेका कोही व्यक्तिलाई छोड्नु हुँदैन । यसमा सरकारलाई पूर्ण साथ रहन्छ । यसले हामीलाई एउटा कुरा सिकाएको छ । तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले यो विषयमा कुरा नउठाएको भए आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताए । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आयोगले पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो ।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए । त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । सोही अनुसार गृहमन्त्री लामिछानेले मातहतका सुरक्षा निकायलाई पक्राउ गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार महरालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८०, ५ चैत्र सोमबार  १ : १८ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले