२०८२, २० कार्तिक बुधबार

प्रहरीलाई गृहमन्त्रीको निर्देशन-‘अपराधीलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन, ऐन हेरेर कारबाही गर्नू’

प्रहरीलाई गृहमन्त्रीको निर्देशन-‘अपराधीलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन, ऐन हेरेर कारबाही गर्नू’


उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानूनी काम अर्थात अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन् ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेले गैरकानूनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् । उनले ऐनअनुसार कारबाही गरेर कानूनी राज्य भनेको के हो भनेर देखाइदिन निर्देशन दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानूनी राज्य भनेको के हो । तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् ।’

उनले भनेका छन् ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानूनी काम गरेको छ, गैरकानूनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन ।’

प्रकाशित मिति : २०८०, २९ फाल्गुन मंगलबार  १२ : ०८ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज