२०८२, ९ माघ शुक्रबार

माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल

माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल

दाहाल भर्सेस शर्मा


काठमाडौं । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको आइतबार बसेको केन्द्रका पदाधिकारीको बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको नेता चक्रपाणी खनालले बताए । उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन् ।

पदाधिकारी बैठक राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंग्याउने विषयमा केन्द्रित रहेको उल्लेख गर्दै खनालले बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय भएको बताए । ‘एउटै एजेण्डामा पदाधिकारी बैठक बसेको हो । राष्ट्रिय सभाका अध्यक्ष चयनका विषयमा बैठक केन्द्रित थियो । नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो,’ उनले भने, ‘पदाधिकारी बैठकमा व्यापक छलफल भयो, ६ वर्षलाई आधार बनाएर नीतिगत रुपमा छलफल गर्नुपर्छ भन्ने पनि थियो । अन्तिममा नारायण दाहालको नाममा सहमति भयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते सदनमा विश्वासको मत लिनेबारेमा पनि छलफल भएको पनि प्रक्रियामै रहेको खनालले बताए ।

दाहाल भर्सेस शर्मा

कांग्रेसले यसअघि राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलका बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै राष्ट्रिय सभा अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहाल प्रतिस्पर्धी बन्ने भएका छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल  हो । एमालेबाट १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना तथा वामदेव गौतम गरी ५८ सांसद छन् । एक जना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

यसरी वर्तमान गठबन्धनमा रहेका पाँच दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा अध्यक्षको पक्षमा ३९ मत झर्छ । तर राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि २९ संसदको मत मात्र चाहिन्छ । यता विपक्षमा १९ मत मात्र छ । यसो हुँदा राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल अध्यक्षमा निर्वाचित हुने निश्चितप्रायः छ ।

प्रकाशित मिति : २०८०, २७ फाल्गुन आईतबार  ८ : ०५ बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको