२०८२, ४ फाल्गुन सोमबार

माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल

माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल

दाहाल भर्सेस शर्मा


काठमाडौं । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको आइतबार बसेको केन्द्रका पदाधिकारीको बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको नेता चक्रपाणी खनालले बताए । उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन् ।

पदाधिकारी बैठक राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंग्याउने विषयमा केन्द्रित रहेको उल्लेख गर्दै खनालले बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय भएको बताए । ‘एउटै एजेण्डामा पदाधिकारी बैठक बसेको हो । राष्ट्रिय सभाका अध्यक्ष चयनका विषयमा बैठक केन्द्रित थियो । नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो,’ उनले भने, ‘पदाधिकारी बैठकमा व्यापक छलफल भयो, ६ वर्षलाई आधार बनाएर नीतिगत रुपमा छलफल गर्नुपर्छ भन्ने पनि थियो । अन्तिममा नारायण दाहालको नाममा सहमति भयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते सदनमा विश्वासको मत लिनेबारेमा पनि छलफल भएको पनि प्रक्रियामै रहेको खनालले बताए ।

दाहाल भर्सेस शर्मा

कांग्रेसले यसअघि राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलका बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै राष्ट्रिय सभा अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहाल प्रतिस्पर्धी बन्ने भएका छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल  हो । एमालेबाट १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना तथा वामदेव गौतम गरी ५८ सांसद छन् । एक जना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

यसरी वर्तमान गठबन्धनमा रहेका पाँच दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा अध्यक्षको पक्षमा ३९ मत झर्छ । तर राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि २९ संसदको मत मात्र चाहिन्छ । यता विपक्षमा १९ मत मात्र छ । यसो हुँदा राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल अध्यक्षमा निर्वाचित हुने निश्चितप्रायः छ ।

प्रकाशित मिति : २०८०, २७ फाल्गुन आईतबार  ८ : ०५ बजे

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं.

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव