२०८२, १९ चैत्र शुक्रबार

उपनिर्वाचन : इलाम–२ मा उम्मेदवारीका लागि नेम्वाङसहित ६ जनाको दाबी

उपनिर्वाचन : इलाम–२ मा उम्मेदवारीका लागि नेम्वाङसहित ६ जनाको दाबी


विराटनगर । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न एमालेका ६ जनाले दाबी गरेका छन् । उम्मेदवारी दिन इच्छुकका लागि आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा निवेदन दिन आइतबारसम्म समय तोकिएको थियो ।दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि पार्टीको जिल्ला कमिटीले गठन गरेको उम्मेदवार छनोट कार्यदलमा निवेदन दिएका हुन् ।

निवेदन दिनेहरुमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।आइतबार साँझसम्म कार्यदलमा ६ जनाको निवेदन आएको सचिव उमेश गुरुङले जानकारी दिए । निवेदन दिनेहरुमध्येबाट कार्यदलले सोमबार कोही एक जनाका लागि सर्वसम्मति खोज्ने प्रयास गर्ने जनाइएको छ । सहमति नजुटेको अवस्थामा चैत ३ गते जिल्ला सचिवालयमा सबैको नाम पेस गरिने छ ।

त्यसपछि पार्टी जिल्ला कमिटीले चैत ५ गतेसम्म उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाउने छ । संविधानसभा सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । उनको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच, वैशाख १५ गते हुने उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने भएका छन् । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएको कांग्रेसले हालसम्म उम्मेदवार तय गर्न सकेको छैन । जिल्ला समितिका एक सदस्यका अनुसार पार्टी सभापति डम्बर खड्का उम्मेदवार बन्ने करिब पक्का भइसकेको छ । गत निर्वाचनमा उम्मेदवार रहेका खड्का नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याएका थिए भने खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

प्रकाशित मिति : २०८०, २७ फाल्गुन आईतबार  ७ : ५५ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले