२०८२, १७ असार मंगलबार

तेस्रो पटक विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड

तेस्रो पटक विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड

माओवादी सांसदलाई अनिवार्य उपस्थित हुन ‘ह्वीप’


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते विश्वासको मत लिने गरी तयारी गरेका छन् । नेपाली कांग्रेससँगको सत्ता समीकरण फेरेर नेकपा एमालेसहितको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

‘फागुन ३० गतेको मिति उपयुक्त हुन्छ कि भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘हामी सल्लाहमै छौं ।’ प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन माओवादीले ह्वीप जारी गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको ९ औँ बैठकले सो निर्णय गरेको सांसद हितराज पाण्डेले जानकारी दिए । त्यस्तै, राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका बेलामा पनि अनिवार्य उपस्थित हुन पनि निर्देशन जारी भएको छ । ‘विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्ष उपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ ।’ उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।

कांगेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । त्यसको १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले मिति भने ठ्याक्कै नतोकिएको बताए । ‘हामी जनता समाजवादी पार्टी ९जसपा० र नागरिक उन्मुक्ति पार्टीसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने,‘धेरै छिटो पनि होइन र ढिलो पनि नहुने गरी विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी छ ।’ नयाँ गठबन्धनलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको समर्थन छ ।

प्रकाशित मिति : २०८०, २६ फाल्गुन शनिबार  ९ : ३२ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको