२०८२, १७ असार मंगलबार

प्रधानमन्त्रीले सुनाए कांग्रेससँग छुट्टिनुको फेहरिस्त

प्रधानमन्त्रीले सुनाए कांग्रेससँग छुट्टिनुको फेहरिस्त


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गठबन्धन टुटाउनुको कारण कांग्रेस महासमिति बैठक भएको स्पष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक सत्ता फेरबदलको कारण कोशी प्रदेशको निर्वाचन, राष्ट्रिय सभा सदस्य चयन तथा सदस्य निर्वाचनमा भएको अन्तरघात, कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा र माओवादी जनयुद्धलाई कांग्रेसले विद्रुपीकरण गरेको आरोप लगाउँदै त्यसलाई माओवादीले सहन नसकेको बताए ।

‘कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा गरियो, निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरुमाथि अनावश्यक र बेमौसमको मानमर्दन राजनीतिक मान्न सकिएन’ प्रधानमन्त्री दाहालले भने ।

संविधानमा धर्म निरपेक्ष राज्य भएपनि कांग्रेस महासमिति बैठकमा हिन्दु राज्यको पक्षमा ४० प्रतिशत बढी कांग्रेसी नेताहरुले हस्ताक्षर गरेको विषयमा दाहालले भने,‘स्टलमै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामाथि पनि प्रश्न उठाउने ठाउँ बन्न गयो ।’

कांग्रेस महासमिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धलाई विद्रुपीकरण गरिएपछि आफूलाई शंका बढेको र कांग्रेसप्रति अविस्वास भएको दाहालको भनाई छ ।

‘राजनीतिक प्रतिवेदनमा जसरी माओवादी जनयुद्धलाई न्युनिकरण मात्र होइन विद्रुपीकरण गरियो, २०४७ सालकै संविधान ठिक भएको आशयको प्रतिवेदन बाँडेर मिलेको विषयमा शंका र अविश्वासको वातावरण बनाइयो त्यसपछि म सोच्न बाध्य भए यसले मलाई थप शसंकित गरायो’ दाहालले भने ।

साथै दाहालले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष प्रचण्डभित्र एकसाथ दुई व्यक्ति (माओवादी जनयुद्धको नेतृत्व गरेका कामरेड प्रचण्ड र पुष्पकमल दाहाल) जिवीत रहेको र कुनबेला उनको कुन राजनीतिक व्यक्तित्व प्रकट हुन्छ भन्ने कुराले राजनीतिमा अलमल र समस्या पैदा गरेको टिप्पणीको जवाफ दिँदै सुरुमै भने, ‘म अघिल्लो गठबन्धनमा पुष्पकमल दाहाल व्यक्तिका रुपमा थिए ।’

प्रकाशित मिति : २०८०, २४ फाल्गुन बिहीबार  २ : २४ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको