२०८२, ४ फाल्गुन सोमबार

एमालेद्वारा कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग

एमालेद्वारा कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग


विराटनगर । केन्द्रीय राजनीतिमा फरक गठबन्धन निर्माण भएर सत्ता समीकरण फेरिएको असर प्रदेशमा पनि पर्न थालेको छ ।केन्द्रमा संघीय सरकार र प्रदेश सरकारको नेतृत्वमा पनि आलोपालो गर्ने सहमति बनेपछि यसको असर प्रदेशसम्म आइपुगेको हो ।

यसै क्रममा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेको छ । गत असोज २७ गते एमालेका ३९ सांसद र आफ्ना दलबाट विद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री बन्न सफल भएका थिए । कार्कीलाई पछि उनकै पार्टी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएका थिए ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा मागेको हो । एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

केन्द्रमा गठबन्धन भत्किएपछि कार्की अल्पमतमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भण्डारीले बताए ।

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ६ : २० बजे

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं.

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव