२०८२, ११ भाद्र बिहीबार

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो


काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो ।

अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ ।

ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

धर्मको आडमा अनुयायीमाथि ज्यादती : कसरी र किन पक्राउ परे रामबहादुर बम्जन ?
ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौतहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।

सुरुमा उनले दबाबका कारण जाहेरी दिन सकेकी थिइनन् । केही महिनापछि यो प्रकरण चर्चामा आइरहेका बेला पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।

पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन् ।

‘यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ, गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्क्याउनुभयो’, उनले पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘त्यही डरका कारण मैले सुरुमा उजुरी पनि हाल्न सकिनँ ।’

यद्यपि, बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेपछि २०७५ असारतिर आश्रम छाडेर निस्किएको उनले बताएकी थिइन् ।

प्रकाशित मिति : २०८०, २६ पुस बिहीबार  १ : ३५ बजे

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेर हाजिरी जमानीमा छुटे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालबाट

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि