२०८२, १९ चैत्र शुक्रबार

राष्ट्रिय सभा उम्मेदवार : यी हुन् पाँच प्रदेशबाट एमालेले सिफारिस गरेका नाम (सूचीसहित)

राष्ट्रिय सभा उम्मेदवार : यी हुन् पाँच प्रदेशबाट एमालेले सिफारिस गरेका नाम (सूचीसहित)


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी तीब्र पारेसँगै दलहरुलाई समेत उम्मेदवार चयन गर्ने चटारो बढेको छ । अहिले सत्ता गठबन्धनमा रहेका दल र प्रतिपक्षमा रहेका दलहरु आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनमा जुटिसकेका छन् । यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच प्रदेशले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ । मधेस र बागमती प्रदेशले उम्मेदवार सिफारिस टुंग्याउन बाँकी छ ।

‘हामीले जिल्लाबाट सिफारिस भएर आएका नामहरूमध्येबाट अन्तिम टुंगो लगाउँदैछौं । अहिले बिहान हामी केन्द्रमा पठाउँछौं,’ एमाले मधेस कमिटीकी उपसचिव आरती भण्डारीले सुनाइन् । बागमती प्रदेश कमिटीले पनि आजै उम्मेदवार सिफारिस गर्ने सचिव नवराज सिलवालले जानकारी दिए । ‘जिल्लाबाट नाम आइसकेका छन् । आज कमिटीको बैठक बसेर अन्तिम टुंगो लगाउँछौं,’ उनले भने ।

तहगत कमिटीबाट सिफारिस भएर आएका नामहरूको टुंगो लगाउन एमालेले आजै केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । मध्याह्न १२ः४५ बजे बस्ने सचिवालय बैठकले सिफारिस भएर आएका नाममध्येबाट उम्मेदवार छनोट गर्नेछ ।

प्रदेशबाट को–को भए सिफारिस ?
कोशी प्रदेश कमिटीले अन्य क्लस्टरतर्फ झापाका उमानाथ ओली, हरिचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घलेलाई सिफारिस गरेको छ । महिलातर्फ इलामकी रजनी मेचे र सुनसरीकी मेचीमाया धिमाल र रूक्मिणी कोइरालालाई सिफारिस भएका छन् ।

गण्डकी प्रदेश कमिटीले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको छ । अपाङ्गता रअल्पसंख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मिना बराम सिफारिस भएका छन् । महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरूङ, स्याङ्जाका ईश्वरी सिग्देल अर्याल सिफारिस भएका छन् ।

लुम्बिनी प्रदेशले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि ६ जनाको नाम केन्द्रमा पठाएको छ । प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले तीन जना महिला र तीन जना अन्यगरी ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको जानकारी दिए ।

सिफारिस गरिएकाहरूमा पाल्पाका झपेन्द्र जिसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरूङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मा छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशले १० जनाको नाम सिफारिस गरेको छ ।

कर्णालीले खुला ९अन्य० तर्फ जाजरकोटका कृष्णबहादुर शाह, जुम्लाका बलबहाुदुर महत, मुगुका डिल्ली भट्ट सिफारिस भएका छन् । दलिततर्फ दैलेखका हिक्मत विक, सुर्खेतका बलबहादुर नेपाली, हुुम्लाका पर्वत सुनार, रूकुमपश्चिमका शशिराम नेपाली सिफारिस भएका छन् । महिलातर्फ डोल्पाका बदमी क्वारा बोहोरा, हुम्लाका विमलाकुमारी शाही र कालिकोट सुभद्रा सिंह सिफारिस भएका छन् ।

सुदूरपश्चिम प्रदेशले महिलातर्फ कैलालीकी सावित्री घिमिरे, कैलालीकै कमला केसी र कञ्चनपुरकी चित्रकुमारी चौधरी सिफारिस भएका छन् । अल्पसंख्यक निर्वाचन क्षेत्र कञ्चनपुरका हरिदत्त भट्ट, कैलालीका रामदत्त जोशी र कञ्चनपुरकी अनीता ढुंगाना सिफारिस भएका छन् । खुला ९अन्य० तर्फ कैलालीका होरीलाल चौधरी, कञ्चनपुरकी ईश्वरी खरेल, डोटीका डिल्लीराज भट्ट र बाजुराका रंगमान शाही रहेका छन् ।

प्रकाशित मिति : २०८०, २० पुस शुक्रबार  ११ : ४६ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले